
Rgp1
Rgp
Lnp
Unsku
pku
Srbpu
Pbu
Sgr
Ggp

Vor
Bbu
Hal
Ggd
Wsp
Sbs
nsb
Gst
Rgu
Bbbpu
Pvg
Ssm
Asm
Sls
Rgs
Rsb
Ksm
Rgu
Tsm

Mks
Ptm
Bml
Abd
Rmb
Pls
Jmb
Jmb
sab
Rpp
bbt
Syp
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ काे वडा कार्यालय भवनकाे शुक्रबार शिलान्यास गरिएको छ ।
भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो।
भवन निर्माणको काम ललितपुरकाे इनाेभेटिभ डाेकाे जलजला जेभी कम्पनीले लिएको छ । भवन निर्माणकाे काम गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन समेत दिनुभएको छ।
कम्पनीले एक वर्षमा काम सक्ने गरि २ करोड २ लाख ८७ हजार ८ सय ३९ रुपैयाँ ३ पैसामा गत माघ १६ गते सम्झौता गरि काम सुरु गरेको निर्माण व्यवसायी सुमन तिमिल्सिनाले जानकारी दिनुभयो।
गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेका अनुसार छुट्टाछुट्टै महिला पुरुष शाैचालय,एक बैठक कक्ष सहित ८ काठे अपांग मैत्री २ तल्ले पक्की भवन बन्नेछ।
राप्ती गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष उमेश अधिकारीकाे अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नं.३ का वडा सदस्यहरु चम्फा भुषाल,शान्त प्रसाद चाैधरी,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद शर्मा ,इन्जिनियर अशोक बेल्बासे,वडा सचिव शेर बहादुर हमाल ,प्राविधिक विष्णा गिरी लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
हाल वडा कार्यालयले गाउँपालिका परिसरमा रहेको भवनबाट सेवा प्रबाह गरिरहेको छ । यस अगाडि गाउँपालिकाका ८ वटा वडाकाे भवन निर्माण कार्य सम्पन्न भई सकेका छन्।
