टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, फाल्गुण ११, २०८०

दाङ । बिहीवार नगरबिकास समितीको समूह दलबल सहित जेसिबी लिएर लमही बसपार्क पुग्यो ।

लमही नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु सहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, राजनितिक दल लगायतका समूह पुगेका थिए । समुहको उद्वेस्य थियो त्यहा सँचालित अस्थाई टहरा हटाउनु । ब्यबसायीहरु चिन्तित देखिन्थे । टहरा हटाउन नगरबिकास समितीको समुह आउने खबर पाएपछि बिहानै देखि आफ्ना ब्यबसाय बन्द गरि बसेका थिए । तर सामान भने अनेत्र सिफ्ट गरिएको थिएन ।

लमही नगरपालिकाको नगरप्रहरीले स्वयम सँचालकले सामान हटाउन माईकिङ गरे । उनिहरुले अटेरी गरे जेसिबी चलाउने सम्मका चेतावनी दिँदै थिए । अब्यबस्थित टहराले बसपार्कको सौन्दर्यमा कमि ल्याएको नगरबिकास समितीको बुझाई थियो । ती अब्यबस्थित टहराहरुलाई सटरमा ल्याई ब्यबस्थित गर्न नगरबिकास समिती लागीपरेको हो ।

अस्थाई टहरा हटाउन नगरबिकास समितीले बारम्बार सुचना प्रकाशित गर्दै आईरहेको थियो । तर ब्यबसायीहरु आफुहरुलाई अनेत्र ब्यबस्थित गर्नुपर्ने माग राख्दै हट्न मानेका थिएनन । यहाँबाट हटाएर बिचल्लित हुने होकि भन्ने चिन्ता ब्यापारीमा थियो ।
तिनै ब्यापारीहरुका लागि नगरबिकास समितीले क्रिकेट स्टेडियमको प्याराफिट पछाडी १५ वटा सटर निर्माण गरेको छ । ईच्छुक ब्यापारीहरु सटर भाडामा लिएर बस्नसक्थे तर ब्यापारीहरु भने सटर भाडा महँगो हुने भन्दै सस्तोमै टहरामा बस्न रुचाईएका थिए । जुन टहराहरुबाट नगरबिकास समितीले कुनै किसिमको शुल्क लिने सम्झौता गरेको थिएन ।

बिगतमा नगर विकास समितिले लमही बसपार्क र शौचालय संचालन गर्न ठेकेदारलाई जिम्मा दियो । त्यसबाफत समितीले ठेकेदारसँग मासिक १ लाख ९५ हजार लिँदै आएको थियो । समितीले बिगतमा जग्गा अतिक्रमण गरि टहरा बन्दै गर्दा खासै चासो दिएन । बिस्तारै टहरा बढ्दै जाँदा ३२ वटा टहरा र १७ वटा ठेला गरि ४९ वटा अब्यबस्थित टहरा बन्न पुगे । यसरी अब्यबस्थित रुपमा टहरा बढ्नुमा बिचौलियाको ठूलो हात रहेको एक स्थानियले बताए । त्यहाँ बनेका टहरा सँचालकहरुबाट बिचौलियाले सरसफाई शुल्क भनेर मासिक १ हजार रुपैया, जग्गा उपलब्ध गराईदिने ब्यक्तिलाई भन्दै मासिक १ हजार, जग्गा भाडा बाफत मासिक १५ सय देखि ३ हजार रुपैया सम्म असुल्ने गरेको खुलेको छ । साथै पसलहरु समेत मोटो रकममा किनबेच सम्म भईरहन्थे । जुन कुरा नगरबिकास समितीलाई थाहा नभएको नगर विकास समितिका सूचना अधिकारी हरिकृष्ण खनालले बताए ।

‘समितीले बसपार्क र शौचालय बाफत पैशा लिने गरेको हो, टहरा ब्यबसायबाट कुनै किसिमको सम्झौता भएको थिएन सुचना अधिकारी खनालले भने-नितान्त ठेकेदार र बिचौलियाहरुले फाईदाका निम्ति यो सब गरेका रहेछन ।’ ब्यापारीहरु छोड्न त राजी थिए । तर ब्यबसाय गर्नका निमित्त अर्को स्थान उपलब्ध गराउनुपर्ने उनिहरुको माग थियो । करिब ५० ब्यापारीका निम्ति सस्तो सुलभ दरमा सटर उपलब्ध गराउने नवरबिकास समितीका अध्यक्ष जोगराज चौधरीले बताए । आफुहरु सँग थुप्रै सटर रहेको र सबै ब्यापारीहरुलाई ब्यबस्थित गर्ने उनले बताए । स्थानिय सरकारको अभियानलाई साथ दिदै ब्यबस्थित तरिकाले व्यापार गर्न उनले सबैलाई सुझाए । प्याराफिटको सटर सँगै हाल बसपार्कमै ब्यापारिक भवन निर्माण भईरहेको छ । ती सबै सटर व्यापार गर्ने ब्यापारीको हो चौधरीले भने-सरकार सँग समन्वय गर्दै व्यापार बढाउनुस, हामी तपाईहरुकै पक्षमा छौ ।

यो भन्दा अगाडीपनि ती टहरा हटाउन प्रयास भईरहन्थे । तर सफल भने भएको थिएन ।धेरैबर्षको अथक प्रयासपछि समिती टहरा हटाउन सफल भएको छ । यो भन्दा अगाडि क्रुप देखिने लमही बसपार्कको स्वरुप बद्लिने बिश्वास गरिएको छ ।

लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरी, लमही नगरपालिका उपाध्यक्ष लक्ष्मी योगी, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर विकास समितिका सदस्य दामोदर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ८ का वडाध्यक्ष उमेश कुमार खड्का लगायतको उपस्थिति थियो ।

त्यस्तै स्थानिय सरकार जनपक्ष नभएको एक ब्यापारीले गुणासो गरे । आफुहरुले एकछाक टार्नका निम्ति सानो टहरामा गरेको चिया पसल फाल्न दादागिरी शैलीमा आएको भन्दै ब्यापारीहरुले जनमुखी सरकार नभएको प्रती चिन्ता ब्यक्त गरे । चिया बेच्ने हामी जस्ता साना ब्यापारीले महँगो भाडा कसरी तिर्न सक्छौ ती व्यापारी नर्मस हुँदै भने-सरकार बाट गर्नुपर्ने केही आश बाँकी रहेन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]