
Lnp
Rgp1
Rgp
Unsku
Ggp
pku
Srbpu
Sgr
Pbu

Rgu
nsb
Sls
Wsp
Tsm
Rgu
Sbs
Hal
Rsb
Pvg
Ssm
Bbbpu
Ksm
Asm
Ggd
Bbu
Gst
Rgs
Vor

Jmb
Mks
Gsb
bbt
Ptm
Syp
Rpp
Abd
Rmb
Pls
sab
Jmb
Bml
दाङ । गढवा गाउँपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । एकीकृत घुम्ती शिविर बिहिवारदेखि सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै नागरिकलाई सेवामा सहजता प्रदान गर्नका लागि शिविर सञ्चालन गरेको बताउनु भयो । गाउँपालिकाले गाउँपालिकाबासीहरुको सहजताको लागि ल्यावसहितको स्वास्थ्य सेवा,व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र,व्यवसाय नविकरण,सामान्य स्वस्थ्य परिक्षण तदा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परिक्षण,जेष्ठ नागरिक परिचय पत्र वितरण,पशुपंक्षी सेवा कृतिम गर्भधान, पशु बन्ध्याकरण,उपचार,कृषि सेवा माटो परीक्षण,बाली उपचार, ईएफटी कार्यको लागि विवरण अद्यावधिक/सामाजिक सुरक्षा लगायतको सेवा एकिकृत घुम्ती शिविरबाट दिन थालिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो।
शिविरमा व्यवसाय दर्ता तथा नविकरण कार्य समेत हुने भएकोले गढवा उद्योग बाणिज्य संघ,गढवा होटल ब्यवसायी संघ लगायतका संस्थाका अध्यक्षहरु सहितको शिविर सञ्चालन गरेको अध्यक्ष पोख्रेलले बताउनु भयो । अपाङ्गता भएका,जेष्ठ नागरिक अशक्त व्यक्तिहरुलाई पालिका पुगेरै सेवा लिन कठिन भएको महसुस गर्दै सबै सेवा एकैथलोबाट वडामै पुगेर दिने हिसावले शिविर सञ्चालन गरेको बताउनु भयो ।
शिविरबाट आवश्यक कागजात तथा वस्तुभाउको बारेमा गाउँपालिकाबासीलाई जानकारी समेत गराइने गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो । गाउँपालिका बाट र एकीकृत घुम्ती शिविर बाट प्रवाह हुने सेवाहरुको बारेमा आवश्यक पर्ने कागजातको बारेमा बिशेष जानकारी गराउने गरेको अधिकृत शर्माले बताउनुभयो। एकीकृत घुम्ती शिविर गाउँपालिकाको आठ वटा स्थानमा सञ्चालन हुने शिविर तालिका यस भन्दा पहिले नै सार्वजनिक भैसककेको छ।
फागुन १० गते गढवा गाउँपालिका वडा नम्बर २ मा एकिकृत घुम्ती शिविर सञ्चालन भएको छ। एकीकृत शिविरबाट कृषि विकास शाखातर्फ १८ जना कृषकहरुले माटो परीक्षण गराएका थिए जसमध्ये अधिकांसमा क्षार देखिएको कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिनुभयो।
पञ्जिकरण शाखाबाट ३६ जना सेवाग्राहीले सेवा लिएका छन् भने पशुपंक्षी तथा मत्स्य विकास शाखा तर्फ कुल १सय ७ जनाले पशुपालक किसानले सेवा लिएका छन्। जसमा एक हजार ७५ कुखुराका लागि विभिन्न प्रकारका औषधि वितरण गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत अनन्त राज रेग्मीले जानकारी दिनुभयो। रेग्मीका अनुसार १ सय ५० बाख्रालाई पिपिआर खोप लगाईएको छ भने ८ सय ४ बाख्रालाई औषधि उपचार गरिएको छ। त्यसैगरी २ सय २३ गाईभैसी, २३ बंगुर र २५ कुकुरका लागि औषधि वितरण गरिएको छ।
त्यसैगरी नि:शुल्क एकिकृत घुम्ती शिविरमा ७७ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ। ७४ जनाको सुगर र पिसाव चेकजाँच गरिएको मध्येबाट ५ जनामा सुगर देखिएको छ भने २४ जनालाई प्रिडाईबिटिक देखिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख द्रौपदा सुबेदीले जानकारी दिनुभयो। सुवेदीका अनुसार ४५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
त्यसैगरी महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा तर्फ ७ जना अपाङ्गता भएका बिरामीहरूको स्वास्थ्य चेकजाँच गरिएको छ भने २ जना जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनु भयो । एकीकृत शिविर बिहिवार गढवा गाउँपालिका वडा नम्बर ७ मा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ।

