
Unsku
Srbpu
Rgp1
Sgr
Pbu
pku
Rgp
Lnp
Ggp

Ggd
Bbbpu
Rsb
Ksm
Vor
Sbs
Pvg
Rgs
Rgu
Rgu
Sls
Bbu
Hal
Asm
Gst
Wsp
Tsm
nsb
Ssm

sab
Bml
Gsb
Abd
Jmb
Syp
Ptm
Rmb
Rpp
Pls
Jmb
bbt
Mks
दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा वनको काठ बिक्रीमा हिनामिना गरेको आरोपमा राप्रपाका लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले कपिलवस्तुको गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समितिको आठ सय एक वटा रुख काट्दा ३५ हजार सात सय ७८ दशमलव १० क्युफिट काठ र ४९ दशमलव २३ चट्टा दाउरा सङ्कलन हुनुपर्नेमा त्योभन्दा कम देखाएर भ्रष्टाचार गरेको भन्दै १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
त्यस्तै अख्तियारले प्रदेश सांसद यादवसहित तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसादविरुद्ध मुद्दा दर्ता गरेको छ ।
यस्तै सहायक वन अधिकृत टोलकराज चापागाईँ, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, फरेस्टर रामरक्षा कुर्मी, वन रक्षक सन्जय थारु, वन रक्षक सन्जय केवट, वन रक्षक रामगोपाल त्रिपाठी, फरेस्टर रमतु चौधरी र वन रक्षक वासुदेव गोडियाविरुद्ध मुद्दा दायर भएको छ ।
त्यस्तै उनीहरु सबैलाई प्रतिव्यक्ति २९ लाख १२ हजार रुपैयाँभन्दा धेरैका दरले बिगो माग गरिएको छ । गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरेसँग नाै लाख ३९ हजार र ए आर काठ दाउरा खरिद बिक्री सेन्टरका प्रोपाइटर गीता जिसीविरुद्ध १९ लाख ७३ हजार रुपैयाँभन्दा धेरै बिगो माग गर्दै मुद्दा दायर भएकाे छ ।
