
Lnp
Rgp
Sgr
Rgp1
Unsku
Ggp
Srbpu
pku
Pbu

nsb
Rgs
Pvg
Sls
Tsm
Ssm
Bbbpu
Asm
Rgu
Ggd
Bbu
Rgu
Ksm
Wsp
Sbs
Gst
Hal
Vor
Rsb

Pls
sab
Rpp
Syp
bbt
Gsb
Ptm
Bml
Mks
Rmb
Abd
Jmb
Jmb
दाङ । देउखुरीको गढवामा मंगलवार देखि मानव स्वास्थ्यकालागि योग तथा मेडिटेशन शिविर आरम्भ भएको छ ।
ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र र गढवा पतञ्जली योग समितिको आयोजनामा पाँचदिने राजयोग मेडीटेशन शिविर सुरु भएको हो ।
बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रका पाखापानी क्षेत्रीय प्रमुख ब्रम्हाकुमारी इन्दिरा पन्तको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगरको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी आलेमगरले मानव स्वास्थ्यकालागि योग र मेडिटेशन अत्यावश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्यकर्मि तथा मोटिभेटर नविन पन्थीको प्रस्तुतीले उपस्थित सहभागिहरुलाई मन्त्रमुग्ध बनाएको आभाष झल्किन्थ्यो । योग र मेडिटेशनले मानव स्वास्थ्यका लागि निकै फाईदा गर्ने र शरिरमा रोग प्रतिरोधात्मक क्षमताको अभिबृद्धि गर्ने बिषय बिज्ञ पन्थीले बताउनुभयो । मानव मष्तिष्क पुर्नताजगी गर्न खुसी रहनु पर्ने र खुसी नै मानव स्वास्थ्यको प्रतिक भएको कार्यक्रममा बताईएको थियो । ध्यान, प्रणायाम र योगको माध्यमबाट मानव स्वास्थ्यमा स्फूर्ति बढाउने र रोग प्रतिरोध गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।सकारात्मक सोंचको बिचार बिज्ञानले मात्र मानव जिवनमा खुसीयाली आउने र खुसी वा आनन्दको प्राप्तीले शरिर निरोगी हुने राजयोग प्रशिक्षक गोबिन्द आचार्यले बताउनुभयो ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, गढवा–६ वडा कार्यालका सचिव तथा पतञ्जली योग समिति गढवाका अध्यक्ष रामनरेश यादव,ज्ञानज्योति बोर्डिङ गढवाका प्रिन्सीपल दिपक कुमार यादव,बुद्धज्योति माबि गढवाका प्रबन्ध निर्देशक शंकर पाण्डेय,पतञ्जली गढवाका योगगुरु रामप्रसाद चौधरी,पत्रकार शिबराज पन्थी,समाजसेवि बुद्धिजिवी थानेश्वर पौडेल,नवराज देवकोटा र शिक्षक बिष्णु पन्थी लगायत पतञ्जली योग समितिका पदाधिकारी र ब्रम्हाकुमारी बिश्वबिद्यालय गढवा परिवारको समुपस्थिति भएको थियो ।
राजयोग प्रशिक्षण केन्द्र गढवाका प्रमुख ब्रम्हाकुमारी यशोदा भट्टराईको स्वागत मन्तब्यबाट आरम्भ भएको कार्यक्रमको संचालन ब्रम्हाकुमारी सरस्वतीले गर्नुभएको थियो ।


