
Unsku
Rgp1
Sgr
Srbpu
pku
Ggp
Lnp
Pbu
Rgp

Tsm
Pvg
Vor
Wsp
Rgu
nsb
Gst
Rgu
Sls
Bbbpu
Rsb
Sbs
Ssm
Hal
Ggd
Ksm
Bbu
Rgs
Asm

Syp
Ptm
bbt
Mks
Bml
Gsb
Abd
Rmb
sab
Jmb
Jmb
Rpp
Pls
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा चण्डिकाप्रसाद भट्ट नियुक्त हुनु भएको छ ।
निगमको कार्यकारी पदका लागि ३ जनाको नाम सिफारिसमा परेको थियो । त्यसमध्येबाट आज बसेको मन्त्रीपरिषदको बैठकबाट भट्ट नियुक्त भएको उद्योग मन्त्री रमेश रिजालले जानकारी दिनु भयो ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो । तीन जनामध्ये भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका थिए । निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली थियो ।
यस्तै कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट, उद्योग मन्त्रालयले ३ जनाको नामावली यस अघि प्रकाशन गरेको थियो ।
