
Lnp
Ggp
Sgr
Rgp
pku
Pbu
Srbpu
Unsku
Rgp1

Bbu
Rgu
Wsp
Rgs
Hal
Bbbpu
Pvg
Vor
Gst
Ssm
Tsm
Rsb
Sbs
Ksm
Ggd
Asm
nsb
Rgu
Sls

Ptm
Bml
Mks
bbt
sab
Syp
Jmb
Pls
Rpp
Jmb
Gsb
Abd
Rmb
दाङ । देउखुरीमा रहेका धार्मिक क्षेत्र मध्य एक हो टेङ्नैया बाबा ।
लमही बजार देखि १० किलोमिटर पश्चिम निम्बुखुटी देखि ४ किलोमिटर उत्तरी पहाडी फेदमा अबस्थित टेङ्नैया बाबा लमही नगरपालिका वडा नम्बर ८ अन्तरगत पर्छ । टेङ्नैया बाबाको आकर्षण दिनप्रतिदिन बढ्दै गईरहेको छ ।
दैनिक जसो भक्तालु हरु पुजापाठमा जाने गर्दछन । धार्मिक सँगै पर्यटकिय क्षेत्र रहेकोले पनि बिद्यार्थीहरु अबलोकनमा उल्लेख्य मात्रामा आउने गर्दछन । मन्दिरको दर्शन तथा पुजापाठले मनोआकाङ्छा पूरा हुने जन बिश्वास छ । यहाँ मन्दिर वरिपरि रहेको पानीले थप सौन्दर्य बढाएको छ ।
पानी कहिल्यै नसुक्ने भएकाले पनि यसक्षेत्रलाई जलाधार क्षेत्र मानिन्छ । यसक्षेत्र धार्मिक ईतिहाससँग जोडिएको जानकारहरु बताउछन । परापुर्ब कालमा पाँच पाण्डबहरु स्वर्ग जाने क्रममा रिहार हुँदै यस क्षेत्रमा विश्राम गरि घोराही स्थित धारापानी हुँदै स्वर्गद्वारी पुगेको धार्मिक किंबदन्ती छ ।
त्यसैगरी यहाँ रहेको गुफा मन्दिरलाई स्वर्गद्वारी महाप्रभुका कान्छा चेला थानी महाराजले ध्यान तपस्याको बेला देखेर भौतिक रुपमा पटकपटक खोजी गरेको स्थानिय बुद्धिजीवी समाजसेवी स्वर्गीय खिमनाथ योगीले बताउँदै आएका थिए । जँगल गएको बेला सुरुमा स्थानिय अग्रज ब्यक्तित्व स्वर्गीय आईतुराम बरालले गुफा मन्दिरलाई देखेपछि स्थानिय स्तरमा प्रचार प्रसार सुरु भएको पुराना गाउँबासी बताउँछन ।
प्रत्यक सोमबार भक्तजनहरुले दर्शन गर्ने र भाकल गरेको कुरा पूरा हुने जनबिश्वास रहँदै आएको छ । स्वर्गीय लिलामणी शर्माले रिहार धामका बारेमा किताब लेख्दा टेङ्नैयाका बारेमा पनि समाबेस गरेका थिए । अहिले लमही नगरपालिकाले पनि ४ देखि ८ कक्षा सम्मका स्थानिय पाठ्यक्रममा टेङ्नैयाको ईतिहास समाबेस गरेको छ ।
यहाँ महा शिबरात्रीको अबसरमा ठूलो मेला लाग्ने गर्दछ । त्यसकै तयारीका लागी यहाँका मन्दिरहरु चिटिक्क पारिएको छ । यहाँ रहेका शिबजी, टेङ्नैया बाबा, गणेश मन्दिर, गुफा मन्दिर तथा अन्य सँरचना हरु रँगरोगन गरि सिँघारिएको छ । जँगली पहाडी बाटो भएकोले बर्सेनि यहाँको बाटोमा बर्षाले क्षेती पुर्याउछ । मेलालाई मध्यनजर गरि बाटो मर्मत तथा चख्ल्याउने काम भएको छ ।
त्यस्तै बाटोकै कारण धेरै सँख्यामा भक्तालुहरु आउन सकिरहेका थिएनन । टाढाबाट घुम्न आउनेहरु बाटो राम्रो नभएको भन्दै उतै रोकिने अबस्था थियो । टेङ्नैयाको प्रचारका निम्ति बाटो नै समस्याका रुपमा खडा भएको थियो । अहिले भने मेलालाई लक्षित गरि बाटो सम्याउने र चख्ल्याउने काम भईसकेको छ । कच्ची भएपनि बस जानसक्ने गरी बाटो चख्ल्याउने काम भएको टेङ्नैया बाबा धार्मिक बिकाश क्षेत्रका अध्यक्ष दिकपाल योगीले बताए । ‘टाढाबाट आउनेहरु बाटोको कारण देखाउँदै आउन सक्नु हुँदैन थियो,हिँडेर आउनसक्ने चाहिँ आईराख्नु हुन्थ्यो अध्यक्ष योगीले भने-अबभने बस जानसक्ने गरि बाटो बनेको छ,पक्की सडक बनाउन तर्फ सरकारले ध्यान दिए टेङ्नैयाको बिकाशले फड्को मार्ने थियो ।’
टेङ्नैया जाने बाटो बर्सेनि सफा गर्नुपर्छ । अहिले भने बस जानेगरि चख्ल्याउने काम भएको छ । टेङ्नैयाको दर्शनका लागि समितिले सबैमा अनुरोध गरेको छ । समितिले बाटो फराकिलो बनाएसँगै टेङ्नैयामा भक्तालुको सँख्या बढ्न सक्ने बिश्वास गरिएको छ । मानिसका आस्थासँग जोडिएका धार्मिक क्षेत्रलाई सरकारले ध्यान दिए सजिलै बिकाश गर्न सकिने अध्यक्ष योगीको बुझाई छ ।
