
Lnp
Rgp
Pbu
Unsku
Ggp
Rgp1
Sgr
pku
Srbpu

Tsm
Wsp
Asm
Sls
nsb
Rsb
Hal
Gst
Ssm
Rgu
Pvg
Bbu
Ggd
Ksm
Bbbpu
Rgs
Sbs
Rgu
Vor

Mks
Syp
Jmb
Pls
Jmb
bbt
Rpp
Ptm
Rmb
sab
Gsb
Abd
Bml
दाङ । प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेला शनिबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सम्पन्न भएको छ ।
चाैतारीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघिय सांसद सुर्य थापाको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै थापाले प्रेस चाैतारी बलियो भए मात्र पार्टी बलियो हुने बताएका छन् ।
त्यसका लागि उनले संगठनलाई बलियो बनाउन तर्फ लाग्न सुझाव दिएका छन् । त्यस्तै उनले पार्टीका हरेक गतिविधि तथा पार्टीको भिजनलाई उचाइमा पुर्याउने काम समेत प्रेस चाैतारीले गरिरहेको र गरिरहने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
चाैतारीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष दशरथ घिमिरेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रेस चाैतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा, सविन प्रियासन, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मण आचार्य, लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष घनश्याम गाैतम, एमालेका प्रदेश कमिटी सदस्य तथा चाैतारी विभाग प्रमुख मोहन चापागाईं, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, सुचना तथा सञ्चार परिषद् अध्यक्ष मिलन गाहा, प्रेस चाैतारी लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार भरत केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव निरू गाैतमले गरेकी थिइन् ।
