
pku
Unsku
Srbpu
Sgr
Rgp1
Ggp
Lnp
Rgp
Pbu

Hal
Wsp
Rgu
Rsb
Pvg
Ksm
nsb
Sls
Sbs
Tsm
Rgs
Asm
Rgu
Bbbpu
Vor
Ssm
Ggd
Gst
Bbu

Gsb
Jmb
Jmb
Rmb
Pls
sab
bbt
Mks
Abd
Syp
Rpp
Bml
Ptm
दाङ । समाजमा विभिन्न प्रकारका अपराधहरु भईरहेका हुन्छन । कति जानेर अथवा नजानेर भएका हुन्छन । नेपालको सँबिधानले अपराध अनुसारका कारबाहीहरु तोकेको छ । समाजमा शान्ती सुरक्षा कायम गर्न अपराध रोकिनुपर्छ ।
त्यही सम्बन्धी सतबरिया प्रहरी चौकीले समाजमा घट्ने विभिन्न अपराधहरु नियन्त्रण तथा कारबाहीका बारेमा जनचेतना मुलक कार्यक्रम गरेको छ । राप्ती माध्यमिक बिद्यालय उचानिम्बुमा जनचेतना मुलक कार्यक्रम गरिएको हो ।
समाजमा घट्ने समस्यालाई दर्साउँदै विद्यार्थी तथा शिक्षकहरुमा जनचेतना मुलक कार्यक्रम गरिएको हो । समाजमा विभिन्न कारण देखाउँदै आत्महत्या बढिरहेको भन्दै त्यसको न्युनिकरण सम्बन्धी जनचेतना जगाईएको हो ।
पछिल्ला समय केही युवायुवती लागू औषध सेवन तर्फ अग्रसर रहेको पाईन्छन । सरकारले बन्देज गरेका त्यस्ता बस्तु सेवन तथा बिक्रि बितरण सम्बन्धी कानुनी प्राबधानका बारेमा बुझाईएको थियो ।
देशमा बढिरहेको सामाजिक सँजाल (साईबर क्राईम) का बारेमा सिकाउँदै सहि तवरले सामाजिक सँजाल प्रयोग गर्न प्रहरीहरुले सम्झाए । सामाजिक सँजालमा कसैलाई गाली गलौज, योन दुर्ब्यबहार गर्न सरकारले बन्देज गरेको छ । त्यस्तो गरेको पाईएमा कानुनी उपचार हरु छन तसर्थ यस्ता अनैतिक क्रियाकलाप नगर्न प्रहरी चौकी सतबरियाका प्रमुख कुल बहादुर सार्कीले सबैमा अनुरोध गरे । कार्यक्रममा छुवछुत सम्बन्धीपनि चेतना जगाईएको थियो । समाजमा अझैपनि सिमित मात्रामा छुवाछुत रहेको पाईन्छ । छुवाछुत गरेमा पनि कानुनी उपचार छ । समग्रमा छुवाछुत प्रथा अन्त्य गर्न सबै लाग्नुपर्ने प्रहरीले प्रमुख सार्कीले अनुरोध गरे ।
कार्यक्रममा शान्ती सुरक्षा, ट्राफिक नियम, कानुन तथा कारबाही सम्बन्धी प्रशिक्षण दिईएको थियो । कार्यक्रममा सतबरिया प्रहरी चौकीका प्रमुख कुलबहादुर सार्की, प्रहरी हवल्दार रमेश नेपाली, ट्राफिक प्रहरी सहायक हवल्दार रेशम बहादुर खड्का लगायतले प्रशिक्षण दिएका थिए ।
त्यस्तै राप्ती माध्यमिक बिद्यालय उचानिम्बुका प्रधानाध्यापक जँगबहादुर चौधरीको अध्यक्षता तथा प्रहरी चौकी सतबरियाका प्रमुख कुलबहादुर सार्कीको सँयोजकत्वमा कार्यक्रम भएको हो ।
