
Ggp
Sgr
pku
Pbu
Rgp
Unsku
Lnp
Srbpu
Rgp1

Rgu
Ksm
Rsb
Hal
Rgs
Wsp
Vor
Sls
nsb
Sbs
Rgu
Ggd
Tsm
Ssm
Pvg
Bbu
Bbbpu
Asm
Gst

Bml
Pls
sab
Abd
Rmb
Rpp
Jmb
bbt
Jmb
Ptm
Gsb
Mks
Syp
कपिलवस्तु । नेपाल-भारत सिमानामा बुधबार एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिकोल्दै एक भारतिय नम्बर प्लेटको गाडी नेपाल तर्फ हानियो,मानौँ कि कुनै साउथ इन्डियन फिल्मको सुटिङ हुँदैछ ।
इन्डियन कस्टम पनि रोक्न सफल भएन गाडी नेपाल छिर्यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो गाडी अगाडि हुत्तियो कसैले भेउ पाएनन् तर एक पब्लिकले जिल्ला एसपीलाई फोन लगाए कुनै दुर्घटनाको गाडी चन्द्रौटा तर्फ गयो भनेर । ईप्रका कृष्णनगरले पिछा गर्यो गाडी कम्तिमा पनि सयको स्पिडमा हुनु पर्छ पिछा गर्ने सइ दामोदर डाङ्गी बताउछन । भन्सार,शसस्त्र प्रहरी, ट्राफिक प्रहरीलाई उछिनेर अघि बढेको गाडी कृष्णनगर प्रहरीको पन्जाबाट भने उम्कन सकेन । कृष्णनगर प्रहरीका करिब ४ मोटरसाइकलमा प्रहरीले घेरा हाली गाडी नियन्त्रणमा लिन्छन् गाडीमा लेखिएको हुन्छ POLICE . ।
उक्त गाडीमा लेखिएको UP51AX3170 भारतिय नम्बर प्लेटको एक गाडी तत्काल फिल्मी शैलीमा नेपाल छिर्यो फिल्मी शैलिमै प्रहरीको फन्दामा पर्यो ।
इन्डियामा कतै दुर्घटना गराई भागेको हुनसक्ने प्रहरीको अनुमान छ । अगाडिको बम्परको भाग कच्याककुचुक भएको र चालकले मापसे गरेको ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) लक्ष्मण ओलीले बताउनु भयो । इन्डिया बस्तिका नागरिक शिव प्रसाद उपाध्ययको नाममा उक्त गाडी पुलिस लेखिए पनि इन्डियन पुलिसको भए नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
