
Pbu
Rgp1
Srbpu
Lnp
pku
Sgr
Rgp
Unsku
Ggp

Tsm
Ssm
Ggd
Rgs
Bbbpu
Wsp
Vor
Rsb
Rgu
nsb
Sbs
Pvg
Gst
Asm
Rgu
Bbu
Ksm
Hal
Sls

sab
Jmb
Syp
Abd
Rpp
Pls
bbt
Jmb
Gsb
Bml
Ptm
Rmb
Mks
कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट रोल्पाका २ महिलालाई पक्राउ गरेको छ ।
ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।
सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष ३३ कि रश्मि बुढाको साथबाट ३ के.जि १३८ ग्राम र बर्ष ४३ कि तुलसा रोका मगरको साथबाट १ के.जि. ८२६ ग्राम लागु चरेस बरामद गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भयो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा उनिहरूलाई खानतलासी गर्दा कपडाको पेटि बनाई कम्मरमा बाधी लुकाइ छिपाई राखेको अबस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो । लागु औषध चरेस सहित उनिहरुलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
