नुवाकोट । नुवाकोट उद्योग वार्णिज्य संघ नुवाकोटको आयाेजनामा आयाेजित ८ औं नुवाकोट महाेत्सव २०८० काे अबसरमा भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र (कार्यक्षेत्र नुवाकोट र रसुवा) बिदुर नुवाकोटकाे संयाेजनमा नुवाकाेट पाेल्ट्रि व्यवसायि संघ र नुवाकाेट अण्डा व्यवसायि संघकाे सहकार्यमा नि:शुल्क अण्डा तथा दूध वितरण भएको छ ।
व्यवसायिहरुबाट बजारमा दूध र अण्डाकाे खपत कम हुनेगरेकाे जनगुनासाे आएपछि बजार प्रवर्द्धन साथै दूध र अण्डाकाे महत्व वारे जानकारी दिने उद्देश्यका साथ नि:शुल्क अण्डा तथा दूध वितरणकाे कार्यक्रम महाेत्सव स्थल भित्र राखिएको हो ।
कार्यक्रम उद्घघाटनकाे पहिलाे दिन दुध ३०० लिटर, दाेस्राे दिनमा ३९० र तेस्रो दिन ५१० अण्डा खपत भएको जानकारी विज्ञ केन्द्रका कार्यालय सहयाेगि सुरत बहादुर केसिले बताउनु भयाे । ´´स्थानिय उत्पादन प्रवर्द्धन“का लागि नि:शुल्क रुपमा वितरण गरिएकाे अण्डा तथा दूध वितरणमा दर्शक तथा आगन्तुकहरुकाे सहभागीता दर भने दिनानुदिन बढेकाे जानकारी नेपाल अण्डा उत्पादन संघ जिल्ला कार्य समिति नुवाकोट अध्यक्ष रमेश चित्रकार र नुवाकाेट पाेल्ट्रि व्यवसायि संघकाे सचिव साेम प्रसाद अर्यालले जानकारी दिनु भयाे ।
त्यस्तै वितरण कार्यक्रम अन्तर्गत पशुपक्षि प्रवर्द्धन तथा स्वस्थ दूध अण्डा/मासुकाे खपत,फाईदा, प्रयाेग,उपचार पद्धति र भण्डारण बारे जानकारी तथा सूचना प्रदान गरिने कार्य पनि गरिएको थियाे । महाेत्सव स्थलमा नि:शुल्क रुपमा राखिएको अण्डा तथा दूध वितरण कार्य २ दिनसम्म लगातार राख्ने भनिएकाे भएतापनि जनमासकाे राेजाई,माग र खपतलाई मध्यनजर गरि थप १ दिन गरि ३ दिनसम्म सञ्चालनमा ल्याईएकाे थियाे । सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घघाटन गरिएको उक्त महाेत्सव २०८० माघ २६ देखि फाल्गुन ७ गतेसम्म संचालनमा रहने आयोजकले जानकारी दिएको छ ।