Sidha Patra आइतबार, माघ २८, २०८०

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् । शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा उक्त घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो ।

आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका युवक र गायक थापालाई राखेर छलफल गरेको छ । ती युवकले आफूले जोशमा जुत्ता माथि फाल्दा स्टेजमा पुगेको र आफ्नो हान्ने नियत नभएको बयान प्रहरीलाई दिएका थिए । दुर्गेशले पनि जुत्ताले आफूलाई नलागेको बताएपछि प्रहरीले दुवै जनाबीच मिलापत्र गराएको थियो ।

त्यस्तै मिलापत्रपछि विवाद साम्य भएको प्रहरी प्रवक्ता लामाले जानकारी दिए । उक्त छलफलपछि प्रहरीले ती युवकलाई छाडेको छ । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदा २० हजार जतिको भीड भएको प्रहरीले जनाएको छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]