
Lnp
pku
Ggp
Unsku
Rgp
Srbpu
Sgr
Pbu
Rgp1

Ggd
Hal
nsb
Gst
Pvg
Tsm
Rgs
Vor
Rgu
Bbu
Bbbpu
Wsp
Asm
Rsb
Sbs
Ksm
Ssm
Sls
Rgu

Rpp
Syp
Mks
sab
Rmb
Jmb
Jmb
Pls
Bml
bbt
Abd
Ptm
Gsb
काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् । शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा उक्त घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो ।
आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएका युवक र गायक थापालाई राखेर छलफल गरेको छ । ती युवकले आफूले जोशमा जुत्ता माथि फाल्दा स्टेजमा पुगेको र आफ्नो हान्ने नियत नभएको बयान प्रहरीलाई दिएका थिए । दुर्गेशले पनि जुत्ताले आफूलाई नलागेको बताएपछि प्रहरीले दुवै जनाबीच मिलापत्र गराएको थियो ।
त्यस्तै मिलापत्रपछि विवाद साम्य भएको प्रहरी प्रवक्ता लामाले जानकारी दिए । उक्त छलफलपछि प्रहरीले ती युवकलाई छाडेको छ । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदा २० हजार जतिको भीड भएको प्रहरीले जनाएको छ ।अनलाइनखबर
