
Lnp
Unsku
Srbpu
Pbu
Sgr
Rgp
pku
Rgp1
Ggp

Rgu
Pvg
Gst
Rgu
Sbs
Sls
Rsb
Ssm
Bbbpu
Rgs
Asm
nsb
Hal
Ksm
Ggd
Vor
Bbu
Wsp
Tsm

Bml
bbt
Syp
Jmb
Gsb
Abd
sab
Mks
Rpp
Ptm
Rmb
Jmb
Pls
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन् ।
त्यस्तै रावतले राजीव बस्नेत सहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उनले बस्नेत सहित ३ जनालाई पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक १ लाख ५० हजारसम्म तलब हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीको भनाई छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली बिहीबार नयाँ वानेश्वरबाट पक्राउ गरिएकी रावतलाई अहिले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ । रातोपाटी
