
Ggp
Srbpu
pku
Lnp
Rgp
Unsku
Pbu
Rgp1
Sgr

Rgu
Vor
Rsb
Wsp
nsb
Bbbpu
Ksm
Sls
Tsm
Rgs
Pvg
Sbs
Bbu
Hal
Asm
Ggd
Gst
Ssm
Rgu

Syp
Jmb
Ptm
Pls
Abd
Gsb
sab
Rmb
Rpp
Jmb
Bml
bbt
Mks
दाङ । गढवा गाउँपालिकाद्वारा पालिका भित्रका जेष्ठ नागरिकहरु शुक्रबार एक कार्यक्रमको बिच सम्मान गरिएको छ ।
गाउँपालिकाअओ महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा जीवन दर्शन सम्बन्धी एकदिने कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । पालिकाले गाउँपालिकाको ८ वटैवडाका ४० जना जेष्ठ नागरिक,अति बिपन्न,अशक्त जेष्ठ नागरिकहरुलाई सम्मान गरेको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ।
शाखाले दिएको जानकारी अनुसार यस भन्दा पहिले ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने यस पटक ६० बर्षदेखी माथीका जेष्ठ नागरिक, अशक्त तथा अति बिपन्न जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। जेष्ठ नागरिकहरुलाई जीवन दर्शन सम्बन्धी ज्ञान दिईएको थियो भने सम्मान गर्दै थर्मस, टर्चलाईट र दोसल्ला ओढाएर सम्मान गरिएको थीयो।
त्यस्तै ६० वर्ष पुगेका तथा सो भन्दा माथि उमेरका वृद्धवृद्धाहरुलाई सम्मान गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । बाँकी रहेका वडाका तथा छुटेका वृद्धवृद्धाहरुलाई अगामी दिनहरुमा सम्मान गरिने अध्यक्ष पोख्रेलले बताउनु भयो । यस भन्दा पहिले ८० बर्ष भन्दा माथीलाई सम्मान गरिएको थियो भने यस पटक ६० बर्ष भन्दा माथीका लाई सम्मान गरिएको छ। गाउँपालिका भित्र रहेका ६० वर्ष पुगेका तथा सो भन्दा माथि उमेर भएका वृद्धवृद्धा,गरिव, दलित,अपाङ्ग ब्यक्तिहरुलाई सम्मान सहित थर्मस र टर्चलाईट वितरण गरिएको छ, सम्मान कार्यक्रमलाई हामीले निरन्तरता दिने छौं गाउँपालिका अध्यक्ष पोख्रेलले भन्नु भयो ।
सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, वडासदस्यहरु लगायतकाको सहभागिता रहेको थियोे । जीवन दर्शन कार्यक्रममा मुख्य प्रशिक्षक श्याम कुमार सुबेदी रहनु भएको थियो भने कार्यक्रमको सहजिकरण शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

