Sidha Patra शुक्रबार, पुष २७, २०८०

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने बताएका छन् ।

पृथ्वीजन्यतीको अवसरमा राप्रपाले गरेको चियापानमा कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले ठूलठूला प्रदर्शन गर्ने बताए । उनले भने, ‘मेरो विश्वास छ, त्यो व्यापक हुनेछ । त्यसले देशमा परिर्वतन ल्याउने छ ।’देश निरन्तर आरालो लागेको र यसलाई रोक्ने कुनै प्रयत्न नभएको भन्दै उनले ०८४ को चुनाव पर्खिन नसक्ने बताए ।

‘यो असामान्य स्थितिमा ठूला दलहरुले देशका सबै राजनीतिक शक्तिहरुलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपने हो’ तर दलहरुले एकपछि अर्को देश हित विपरितका काम गरेकाले राप्रपाले जनदबाव सृजनाका लागि नेतृत्व गर्नु परेको उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘मेरो पूर्ण विश्वास छ, हामीले दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने छौं ।’

राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयताबारे फरक दृष्टिकोण राख्दा पछाडि फर्किन खोजेको भनिएकोमा समेत उनले असन्तुष्टि जनाए । ‘हामीले पछाडि फर्किने कुरा गरेको होइन, पुरानो व्यवस्थामा जाने भनेको पनि होइन’ यही व्यवस्थाले पनि देश नधानिने भन्दै राप्रपा अध्यक्ष लिङ्दनले भने, ‘अब नयाँ सम्झौतामा जानुपर्‍यो, नयाँ व्यवस्थामा जानु पर्‍यो ।’

गणतन्त्र पक्षधर दलहरु र पूर्व राजा बसेर नयाँ सम्झौता गर्नुपर्ने उनले बताए । एक जना पूर्वराजालाई स्थान दिनासाथ के परिर्वतन हुन्छ भन्ने प्रश्नमा उनले (पूर्व) राजालाई ठाउँ दिएर मात्र नपुग्ने बताए ।

निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण समान प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने बताए । संसद पूर्ण समानुपातिक बनाएर मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने उनले बताए । प्रदेश खारेज गरेर केन्द्र र बलियो स्थानीय तह राख्नुपर्ने, जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्ने र राष्ट्रियसभाबारे समेत पुनर्विचार गर्नुपर्ने राप्रपा अध्यक्ष लिङ्देनले बताए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]