
Jsbg-7
Csbg-7
ksbl-7
Rksr-7
Gsbg-3
Gsbr-6
Msbg-2
Pbu
Jsbr-3
Usbl-7


काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक जारी रहेको छ ।
शनिबार आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजको बैठकले भागबन्डा टुङ्ग्याउने भन्ने छ ।’ गठबन्धन दलको बैठक अघि शनिबार साँझ नै गठबन्धनमा सहभागी शीर्ष तीन दलको बैठक बसेको थियो ।
त्यस्तै बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भएको बताइएको छ ।
