Sidha Patra शनिबार, पुष २१, २०८०

दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सहकारीहरु नाफा भन्दा पनि सेवामुखी हुनु पर्ने बताउनु भएको छ ।

मनकामना महिला विकास बचत तथा ऋणसहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । केहि वर्ष अगाडीसम्म महिला दिदी-बहिनीहरुले आफ्नो नाम समेत भन्न सक्ने अवस्था थिएन, सहकारीमा जोडिएपछि क्षमता अभिवृद्धि भएको छ, सहकारीमा आवद्ध भएपछि महिलाहरुको हक हितका सवालमा उनिहरु चनाखो हुँदै गएका छन”- उपप्रमुख योगीले भन्नू भयो ।

सहकारीले महिलाहरुको दैनिकी जिविको पार्जनमा समेत टेवा पुर्याएको छ,आय आर्जनको माध्यम बनेको छ,धेरै कुराहरुको ज्ञान र सीप हासिल गर्न सकेका छन”- उहाँले भन्नू भयो ।

कार्यक्रममा लमही नगरपालिकाका प्रशासन शाखा तथा सहकारी शाखा प्रमुख महेश थापा,हरियाली इकाई समितिका सदस्य दीपा खत्री,पत्रकार श्रवण बस्नेत,पम्फा चौधरी,देउखुरी साहित्य तत्जा सांस्कृतिक मञ्चका सल्लाहकार निम बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वार्षिक प्रतिवेदन सचिव चित्रा चौधरी र कोषाध्यक्ष बिजया लक्ष्मी आरसीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजया खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शेयर सदस्य योगमाया शाहीले गर्नु भएको थियो ।

त्यस्तै संस्थाले देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङलाई १० हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाको बन्दसत्रले आजै नयाँ कार्यसमिति चयन गर्ने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]