
Rgp1
Unsku
Sgr
Ggp
pku
Rgp
Lnp
Pbu
Srbpu

Gst
Rgu
Hal
Bbbpu
Ssm
Ggd
Pvg
Sls
Rgs
Rgu
Sbs
Vor
Bbu
nsb
Ksm
Wsp
Asm
Tsm
Rsb

Pls
Jmb
Rpp
Ptm
sab
Mks
bbt
Syp
Jmb
Rmb
Gsb
Bml
Abd
काठमाडौं । विगतका वर्षजस्तै यस वर्षपनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ ।
नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा शनिबारदेखि पदयात्रा सुरु भएको हो ।
शनिबार गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डासहित पदयात्रामा सहभागी भएको रिपुमर्दन गणका गणपती अशोक कुमार क्षेत्रीले बताए ।
त्यस्तै उनीहरुलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल र स्थानीय जनप्रतिनिधिले संयुक्त रुपमा उनीहरुलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।
यस्तै गोरखाको टोली पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटवेशी पुग्ने र टर्च र झण्डा धादिङको शिवदल गणलाई बुझाउने गणपती क्षेत्रीले बताए । ‘गोरखाले धादिङलाई बुझाउँछ, धादिङले नुवकोटमा तैनाथ जबरजंग गणलाई र नुवकोटले काठमाडौं नागार्जुनस्थित कालीध्वज गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छन्,’ उनले भने ।
कालीध्वज गणले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजना हुने कार्यक्रमका लागि पुस २६ गते साँझसम्म हनुमानढोका स्थित शार्दुलजंग गुल्मलाई टर्च र झण्डा हस्तान्तरण गर्ने बताइएको छ ।
यस्तै ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
त्यस्तै एकीकरण मार्ग लगायत ऐतिहासिक धरोहरहरुको जगेर्नासँगै पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ २०७६ सालदेखि नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।
