
Ggp
Unsku
pku
Lnp
Sgr
Rgp1
Pbu
Rgp
Srbpu

Ggd
Asm
Rgs
Bbu
Rsb
Tsm
Rgu
Bbbpu
nsb
Hal
Wsp
Sbs
Vor
Pvg
Ksm
Gst
Sls
Ssm
Rgu

Mks
Syp
Pls
Jmb
Abd
bbt
Rpp
Gsb
sab
Rmb
Ptm
Jmb
Bml
कपिलवस्तु । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो ।
कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई कुटपिट गरेको खुल्न आएको छ । लेखापढि व्यवसायीका सहयोगी रहेका मिश्राले कार्य सम्पादनमा असन्तुष्टीका कारण कंडेललाई कुटपिट गरेको हुन सक्ने श्रोतको दावी छ । कंडेललाई कुटपिट पश्चात मिश्रा कार्यालयबाट बाहिरिएर सम्पर्कबिहिन बनेका थिए । कुटपिटका कारण कंडेलको निधारको देब्रे भागमा चोटपटक लागेको छ । दुवै बिचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरु बता बताउँछन् ।
त्यस्तै यता घटनापछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ । कार्यालयले मिश्रा बिरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कुटपिटको घटना आफैमा गलत भएको भएपनि कुटपिट भएका कर्मचारी कंडेलको कार्यशैली प्रति अधिकांस लेखापढि व्यवसायी असन्तुष्ट रहेको दावी छ । कुनै फाँटबाट अर्को फाँटमा फाईल पुराउँदा कंडेलले खुल्लम खुल्ला घुस माग्ने गरेको एक लेखापढि व्यवसायीले नाम प्रकाशन नगर्ने सर्तमा आरोप लगाए ।
यस्तै यता कार्यालयका कर्मचारी माथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा भन्दा कडा कारवाहीको माग अगाडि बढाईने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए । “आम सर्व साधारणले सेवा प्राप्त गर्न घण्टौं लाईन लाग्नु पर्ने तर बिचौलीया र असन्बन्धित व्यक्तिले सहजै सेवा पाएको गुनासो आउने गरेको छ । कतै कुटपिटको कारण यो पनि हुन सक्छ कि ? ” भन्ने प्रश्नको जवाफमा प्रमुख भण्डारीले यो दुषित र गलत नियतको प्रश्न भएकाले यस्को जवाफ दिन नसक्ने उनले बताए ।
