
Ggp
Rgp
pku
Rgp1
Lnp
Unsku
Pbu
Srbpu
Sgr

Rgu
Rgs
Rsb
Pvg
Bbbpu
Ggd
Tsm
Vor
nsb
Ksm
Gst
Sbs
Asm
Rgu
Sls
Hal
Bbu
Ssm
Wsp

Rpp
Jmb
Jmb
Gsb
Ptm
Abd
Rmb
Mks
sab
Bml
Syp
Pls
bbt
दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलनराम घर्ती मगर संघीयतालाई आर्थिक रूपले मात्रै नभएर राजनीतिक र सामाजिक न्यायको दृष्टिकोणबाट हेरिनुपर्नेमा जाेड दिनु भएको छ ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीद्वारा लुम्बिनीमा आयाेजित संसदीय पत्रकारहरूकाे क्षमता विकास कार्यक्रमकाे उद्घाटन गर्दै सभामुख घर्ती मगरले उक्त कुरामा जाेड दिनु भएको हो ।
संघीयतालाई बाेझिलाे भयो,खर्चिलो भयो भन्ने टिकाटिप्पणी हुने गरेको भन्दै सभामुख घर्ती मगरले संघीयतालाई आर्थिक रूपमा नभएर जनसेवा र अधिकार प्राप्तिको आधारमा हेरिनुपर्ने बताउनु भएको छ ।
प्रदेश सभालाई स्थापित गराउने कार्यमा संसदीय मामिला पत्रकार समाजको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उहाँलेे संघीयता स्थापित गराउने कार्यमा प्रदेश सभा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता समेत ब्यक्त गर्नु भयो ।
त्यस्तै उहाँलेे माघकाे पहिलो हप्तामा संसदीय समितिकाे नेतृत्व चयन गर्ने र त्यसपछि प्रदेश सभा थप क्रियाशील हुने बताउनु भयो ।
कार्यक्रममा उपसभामुख मेनुका खाँड केसीले संसद र संसदीय मामिला पत्रकार समाजबीच नङ र मासुको सम्बन्ध रहेको बताउनु भयो । पत्रकारहरू दलिय संकर्णता र ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर संसदका गतिविधि बाहिर ल्याउनुपर्नेमा जाेड दिदै उहाँलेे संसदमा उठेका बिषयवस्तुहरू जस्ताको तस्तै बाहिर ल्याउनुपर्ने बताउनु भयो ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजकि उपाध्यक्ष अमृता अनमाेल,काेषाध्यक्ष लक्ष्मण पाेखरेल लयायतले कार्यक्रमकाे उदेश्य र औचित्यबारे प्रकाश पार्नु भएको थियो ।
दुई दिनसम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन, संघीय संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनाेज सत्याल,संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष अमृता अनमाेल लगायतले सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच संसदीय पत्रकारहरूकाे क्षमता विकास कार्यक्रमका साथै समाजको नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।

