
Sgr
Rgp1
Pbu
Ggp
Srbpu
Rgp
pku
Lnp
Unsku

Ksm
Ggd
Wsp
Rgu
Asm
Sbs
nsb
Rsb
Tsm
Vor
Sls
Rgs
Bbbpu
Bbu
Ssm
Gst
Rgu
Hal
Pvg

Rmb
bbt
Pls
Rpp
Jmb
sab
Mks
Bml
Abd
Gsb
Ptm
Jmb
Syp
चितवन । पुनःचितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले आतंक मच्चाउन थालेको छ । हात्तीले बिहीबार बस्तीहरुमा पसेर चार घर भत्काइदिएको थियो ।
त्यस्तै निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका वडा नम्बर २३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिनु भयो । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उहाँले भन्नू भयो,अन्य हात्ती शान्त भएपनि यो हात्ती उग्र बन्न थालेको हो । हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ ।
यस्तै रेडियोकलरबाट नियमन गरिएको भएपनि बस्तीमा पस्न भने नछाडेको उहाँले बताउनु भयो । हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी,नेपाली सेना,समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उहाँले जानकारी दिनु भयो ।
त्यस्तै हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भएपनि रोक्न नसकिएको उहाँले बताउनु भयो । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध समेत गरेको छ ।
