Sidha Patra बिहिबार, पुष १९, २०८०

दाङ । तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास गरिएको छ । उक्त भवनको राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले सिलन्यास गरेका हुन् ।

त्यस अवसरमा सांसद शर्माले तुलसीपुरमा जनयुद्ध संग्राहलयका रुपमा उक्त भवनको प्रयोग हुने कुराले जनयुद्धको सम्मान गर्ने बताए । जनयुद्धले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुकासाथै नयाँ संविधान जारी भइ कार्यान्वयनको चरणमा पुगेको बताए । यो उपलब्धीलाई जनतामाझ बुझाउन यो कार्यले मद्दत पुग्ने अपारको भनाई छ ।
बहुउद्देश्यीय साझा भवन भएकाले यो भवनलाई समयमा निर्माण पूरा गर्न जिम्मेवार निकायलाई निर्देशन पनि गरे । सांसद शर्माका पहलमा संघीय सरकारको २५ लाख लागतमा उक्त भवन निर्माण सुरु भएको हो ।

केन्द्रका कार्यवहाक अध्यक्ष विरबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन आयोग समिति संयोजक कुबेर वली,नेकपा क्रान्तिकारी माओवादीका नेता हिरामणी दुःखी, विप्वल निकट नेकपाका विजय मल्ल, तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का वडाध्यक्ष रामबहादुर जीसी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.७ को गैरापातु स्थित राप्ती टोलमा उक्त भवन निर्माण सुरु भएको हो । सोही भवनकालागि लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थप ५० लाख बजेट बिनियोजन गरेका छन् । कार्यक्रमको सहजीकरण निर्माण समितिका सदस्य भिमबहादुर खत्रीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]