
Sgr
Lnp
Srbpu
Rgp
Unsku
pku
Rgp1
Pbu
Ggp

Pvg
Hal
Vor
Rsb
Tsm
Rgu
nsb
Wsp
Sbs
Bbu
Rgu
Ksm
Gst
Bbbpu
Sls
Ggd
Rgs
Ssm
Asm

Abd
Jmb
Rpp
Jmb
Pls
Syp
sab
Rmb
Gsb
Bml
Ptm
Mks
bbt
दाङ । देउखुरीको राप्ती गाउँपनलिका वडा नं.५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था लिमिटेडकाे १३ औं वार्षिक साधारणसभा बुधबार पिपरीमा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष सावित्री चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे।
त्यस्तै साे अवसरमा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारी आर्थिक विकासको महत्वपूर्ण माध्यम भएको बताउँदै उत्पादन मुलक क्षेत्रमा लगानी गरी मुलुकलाई आत्मनिर्भर तर्फ लैजानुपर्ने बताउनुभयो । किसानहरुले माैसमी तरकारी खेती गर्दा उचित मूल्य र बजार नपाउने भएकोले बेमौसमी खेती तर्फ अग्रसर हुन उहाँले सहभागी कृषकहरू लाई आग्रह गर्नुभयो ।
यस्तै उहाँले पछिल्लो समय उत्पादन वृद्धि गर्ने नाममा विभिन्न खेतीमा रासायनिक मल र विषादीकाे जथाभावी प्रयोग भई रहेको भन्दै त्यसको साटो प्राङ्गारीक मलकाे प्रयोग गरि अर्गानिक खेतीपाती गरे त्यस्ता कृषकलाई पालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।
त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले सहकारीमा बचत, कर्जा तथा लगानी लाई नीति बनाई अघि बढ्नुपर्ने बताउनु भयो । महिला सशक्तिकरणका लागि सहकारी उपयुक्त माध्यम भएको बताउदै उहाँले महिलाहरु सहकारीमा आवद्ध भई विस्तारै आर्थिक पक्षमा बलियो हुँदै गएको समेत बताउनुभयो ।
साधारणसभामा सहसचिव नीमा चाैधरीले वार्षिक प्रतिवेदन र काेषाध्यक्ष दयावती चाैधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले संस्थामा आवद्ध असल बचतकर्ता,जेष्ठ नागरिक, एकल महिला र असल कृषकहरुलाई कृषि औजारहरु प्रदान गरि सम्मान गरिएको थियो ।
राप्ती गाउँपालिकाको नाै वटै वडा र लमही नगरपालिकाकाे एउटा वडा कार्य क्षेत्र रहेको संस्थामा ३ सय ५० भन्दा बढी शेयर सदस्य आवद्ध रहेकाे बताइएको छ । संस्थाकि उपाध्यक्ष कल्पना आचार्यकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण संस्थाका सचिव दल बहादुर घर्तीले गर्नु भएको थियो ।
