
Pbu
Ksm
Mbdvs
mbd
Gmk
Anm
Sds
Gisld
Rbs

Sls
Ssm
Rgu
Wsp
Bbu
Ksm
Gst
Ggd
Hal
Rgs
Rsb
Vor
Rgu
Pvg
Sbs
nsb
Bbbpu
Tsm
Asm

Bml
Ptm
Gsb
Abd
Rpp
bbt
Mks
Syp
Jmb
sab
Rmb
Jmb
Pls
सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा प्युठानका घरबास होमस्टे संचालकहरु भने पाहुना कुर्दै बसिरहेका छन् । जिल्लाका गाउँहरुमा आधा दर्जन होमस्टे संचालनमा छन। उनिहरु पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई गाउंकै परिकार र आफ्नो मौलिक लोक संस्कृति देखाएर स्वागत सत्कार गर्न आँतुर देखिन्छन् । स्वर्गद्धारी २ धनवाङका शिवलाल पुनले गाउँलेहरु पाहुनाको स्वागतका लागि तयार भएको बताउनुभयो । होमस्टेमा आउने पाहुनालाई गाउलेले बेलुकी मारुनी, पैसेरु,माडिखोले नाच, ठाडे भाका प्रस्तुत गर्छन ।पाहुनालाई गाउँको भुटेको मकै,रोटि,आँटो,ढिँडो सिस्नो,लोकल कुखुरा लगायतका परिकारले स्वागत गर्ने उहाँको तयारी छ । ’ तर, त्यसका लागि पहिलै सुचना गर्नुपर्दछ । ’फूलमाला, टीका लगाइदिएर गाउँ आउने पर्यटकलाई स्वागत गर्छौ ।’पुनले भन्नुभयो,’ घरकै खाना खुवाउँछौ ।’ होमस्टेमा एक रातको ८ सय रुपैयाँ लाग्छ, जसमा खाना, बास र खाजा समावेश गरिएको हुन्छ । पर्यटक भित्राएर स्थानीयहरुको आर्थिक स्तरलाई बृद्धि गर्न होमस्टे चलाईएको स्वर्गद्धारी सामुदायीक मगर होमस्टेका अद्यक्ष मीनराज रानाले बताउनुभयो ।उहाँका अनुसार पछिल्लो समय पर्यटक आवागमन बढ्न थालेको छ ।’यो बर्ष पर्यटकको संख्या बढ्दो छ, वडा अध्यक्ष समेत रहेका रानाले भन्नुभयो,’ पाहुनाहरु आउन थालेका छन,होमस्टे फस्टाउँदो छ, ।’ मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा १६ घरधुरीले होमस्टे चलाईरहेका छन् । यहा एकैचोटी ५० जना पाहुनालाई राख्न सकिन्छ ।’बासबस्नको लागी राम्रो व्यवस्था मिलाएका छौँ।’उहाले भन्नुभयो।’स्वर्गद्धारी पुग्ने पर्यटकलाई धनबाङ ल्याउने योजना हो।धनबाङबाट स्वर्गद्धारी ८ किलोमिटर दुरीमा पर्छ।’विसं २०६९ सालमा स्थापना भएको यो होमस्टे जिल्लाकै पहिलो हो । झिमरुक ४ चौकेका अमर पुनले सांस्कृतिक,राजनितिक र पर्यटकिय महत्वका हिसाबले ओखरकोट क्षेत्र धनी रहेको बताउँदै गाउँमा आउनका लागि निम्तो दिनुहुन्छ । घरमा आएका पाहुनालाई राम्रो स्वागत सत्कार गरि खान बस्न दिने यहाको पुरानो परम्परा हो । यहाका थुप्रै पर्यटकिय स्थान अहिले प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीले थलिएका छन्। यस्तै मारमा यहाँ खुलेका होमस्टे पनि परेका छन्। तर, होमस्टे खुल्ने क्रम भने रोकिएको छैन।जिल्लाको स्याउलीवाङ,झुलेनी, माझकोट , लिघा सहित लेखछहरा,अर्खा, रजवारा, पुजाको वाग्लिवाङ, विजुली लगायतका क्षेत्रमा पनि होमस्टेको प्रयास थालिएको छ ।तर,यी सबैको चिन्ता यौटै छ होमस्टेले पाहुना पाउलान त ? ओखरकोट होमस्टेका अद्यक्ष राजेन्द्र बिक्रम सिहँले जिल्लाका पर्यटकिय स्थलहरुको प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा सरकारी स्तरबाट पनि पहल भएमा प्युठान आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने र गाउँका होमस्टे पनि फस्टाउने बताउनुभयो ।जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशब आचार्यले होमस्टे सञ्चालनले जिल्लाको अर्थतन्त्रमा समेत संघाउने बताउनुभयो । होमस्टेलाई वरपरका पर्यटकीय गतिविधिसँग जोड्दै पुर्वाधार बिकास गरेर पर्यटन मार्फत प्युठान चिनाउने गरी योजना बनाईने उहाले सुनाउनुभयो ।
