
Tgp
Rks
Ppu
Ksb
Csb
Rsb
Bsn
Nsb
Ksb
Gsb
Ssb
Usb
Ksb
Ssb

Ssb
Gsb
Tsb
Usb
Hl1

Nps
Rgu
ptl
दाङ । देउखुरीकाे माैरीघाटमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा मंगलबार राती ७:२५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार ३ जनाको घटनस्थलमै मृत्यु भएको हो ।
मृतकको अहिले सम्म पहिचान हुन सकेको छैन । मृतक तिनै जनाको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालमा राखिएको छ । घटना कसरी भयो र मृतकको पहिचानबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भने स्थानीयहरूले बन्द गरेको सडक अहिले सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
