मेगमन बुढा मंगलबार, कार्तिक २५, २०७७

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका स्थित गौरी शंकर माध्यमिक विद्यालयलाई छायाँ नेपालद्वारा पक्की ३ कोठे भवन निर्माण गरि हस्तान्तरण गरेको छ ।

गत वर्षको साउन ११ गते आएको बाढीले सो विद्यालयको भवन भत्काएको थियो । पूर्वाधार पर्याप्त नरहेको विद्यालयको भवन भत्किए पछि विद्यार्थीलाई पढाउने समस्या भई रहेको बेला सहज रुपमा शिक्षा र स्वास्थ्य सेवा नपुगेका दुर्गम बस्तीहरुमा पुगेर सामाजिक काम गर्दै आएको छायाँ नेपाल संस्थाले पक्की विद्यालय भवन निर्माण गरिदिने जिम्मा लिएको थियो । विद्यालयको भवन क्षतिग्रस्त भएको झण्डै ६ महिनापछि गएको पुष २९ गते भवन शिलान्यास गरिएको विद्यालयले जनाएको छ ।

ल्याण्ड टिरोल,नमस्ते फाउण्डेसन,फ्रेन्ड फर नेपाल एचडिए, राजपुर गाउँपालिका,छायाँ अष्ट्रियाको सहकार्यमा छायाँ नेपालको कार्यान्वयनमा ३ कोठे भवन निर्माण गरी सोमबार उक्त भवन उद्घाटन गरि हस्तान्तरण गरिएको हो । शैक्षिक सत्र २०७७ को शुरुबाटै पठनपाठन गर्ने गरी विद्यालय भवन निर्माणको काम अघि बढाइएकोमा कोरोना महामारीले गर्दा निर्धारित समयमा विद्यालय भवन उद्घाटनमा समस्या भएको थियो ।

राजपुर गाउँपालिकाको अनुमति,विद्यालय सँगको सहकार्यमा संस्थाले करीव २५ लाखको लागानीमा भवन निर्माण गरेको हो । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपतिदेवी यादव,वडा नम्बर ७ का वडा अध्यक्ष भीमबहादुर खड्का, विद्यालयका प्रधानाध्यापक टंक बिक तथा छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापालगायतको उपस्थिती रहेकोे समाज सेवी एवम् बुद्धिजीवी अमृत खड्काले जानकारी दिनु भयो । विद्यार्थीहरुले सहजरूपमा शिक्षा प्रदान गर्नको लागि भवन भित्र बस्न पाएका थिएनन् अब सो भवन निर्माण भएपछि समस्या समाधान भएको छ । बालबालिकाहरुको शैक्षिक उन्नयनका लागि संस्थाले पूर्वाधार गरिदिए पछि पठनपाठनमा सहज भएको हो ।

छायाँ नेपालले शिक्षा क्षेत्रमा विपन्न वर्गका बालबालिकाको शैक्षिक स्तर सुधार तथा शैक्षिक पूर्वाधारमा लगानी गर्दै आएको जनाएको छ । काठमाडौं केन्द्रिय कार्यालय रहेको छायाँ नेपालले लामो समयदेखि दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक थापाले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]