
Ssbus
Ssbus
Sssbus1
Pbu
Gsl
nsm
Ssbus
ssbus
tssbus
Sssbus1

Sls
Rgs
Rsb
Gst
Ksm
Ggd
Bbbpu
Ssm
Sbs
Wsp
nsb
Bbu
Asm
Rgu
Vor
Tsm
Pvg
Rgu
Hal

Rmb
sab
Abd
bbt
Jmb
Mks
Gsb
Jmb
Syp
Bml
Ptm
Rpp
Pls
कपिलवस्तु । जिल्लाकाे कपिलवस्तु ईलाका प्रहरी कार्यालय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ ।
कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध चामल प्रहरीले बरामद गरेको हो ।
कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा उक्त अवैध चामल नियन्त्रणमा लिएको हो । कृष्णनगर नगरपालिका –४, महादेव बस्ने ट्रयाक्टर चालक सुकई केवटले लु ३ त ९५०४ नम्बरको ट्रयाक्टरबाट १०० बोरा अवैध चामल ल्याउँदै गर्दा ट्रयाक्टर सहित नियन्त्रणमा लिएकोे प्रहरी निरीक्षक ओलीले जनाए । बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपियाँ बराबर रहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । प्रहरी निरीक्षक ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो अवैध चामल सहित ट्रयाक्टर नियन्त्रण लिएको हो ।
त्यस्तै बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाइएको प्रहरीले जनाएको छ । नेपालले चामल आयातमा प्रतिबन्ध लगाएपछि पहिल्लो समय चामलको तस्करी मौलाएको छ । तस्करले अवैध रुपमा दिनहुँ चोरी निकासी गरिरहेको स्रोतले जनाएको छ । पछिल्लो समय चामलको तस्करी मौलाउँदै जाँदा प्रहरीले आफ्नो गस्ती टोलीलाई पनि कडाइका साथ निगरानी बढाउन सक्रियता देखाएको छ ।
