
Jns
Asb
Dbs
Ggp
Dus
lnp
Lks
Rgp
ksb
Usb
Sgp
Rgp
Lnp
Rgp
Rgp
Ggp


दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकामा बुधवार देखि पहिलो रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कान्छी रोडमा महोत्तरी बर्दिवास स्थायी घर भएका आर एस शर्माले आर एस रेकर्डिङ स्टुडियो” संचालनमा ल्याउनु भएको हो ।
यो नै देउखुरी उपत्यकाको पहिलो रेकर्डिङ स्टुडियो हो । स्टुडियोको बुधवार एक कार्यक्रमका बिच लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्नु भएको छ । रेकर्डिङ स्टुडियोको उद्घाटन गर्दै नगर प्रमुख केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भएसँगै खोलिएको पहिलो रेकर्डिङ स्टुडियोले प्रदेशका सबै कलाकारहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सक्ने गरि काम गर्न आबश्यक भएको बिचार ब्यक्त गर्नु भएको थियो । देशका धेरै जसो राष्ट्रिय स्तरका कलाकार लुम्बिनी प्रदेशमा रहेको र त्यसमा पनि दाङ गित संगित र कलाकारिताको राम्रो सम्भाबना भएको क्षेत्र भएकोले कलाकारहरुले अब गित रेकर्ड गराउनका लागी काठमाण्डौं जानुपर्ने अबस्थाको अन्त्य भई आफ्नो प्रदेशको राजधानीबाटै काम गर्न सक्ने भएकोले समय र पैसाको दुबै बचत हुने बताउनु भयो ।
यसका लागि सञ्चालकले कलाकारहरु सँग समन्वय र सम्पर्क बढाउन सुझाब समेत दिनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि नगरपालिकाकी उपप्रमुख देबका बेल्बासेले स्टुडियो सञ्चालन हुनु आफैमा सुखद र राम्रो पक्ष भएता पनि दिगो र गुणस्तरीय सेवाका लागि सञ्चालकले बिशेष जोड दिन आबश्यक रहेको बिचार ब्यक्त गर्नु भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष केपी घिमिरे हास्य कलाकार कमल गाउले लगायतले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा रेकर्डिङ स्टुडियो खुलेकोमा खुसी ब्यक्त गर्दै गुणस्तरीय सेवा र दिगोपनाको लागि सञ्चालकलाई अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा गायक तथा संगीतकार यादब योगी,बालगोविन्द चौधरी,शनिराम चौधरी,गौतम चौधरी,शेरबहादुर चौधरी,नेपाल पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष पत्रकार लिला शाह, ओमप्रकाश गुप्ता,शिबु खनाल लगायतको उपस्थिति रहेको थियो । आर.एस फिल्मस रेकर्डिङ स्टुडियोका सञ्चालक आर.एस शर्माको अध्यक्षता तथा लमही नगरपालिकाका नगगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । भने कार्यक्रमको सञ्चालन पत्रकार प्रियास्मृती गजमेरले गरेका थिए । यो सहित जिल्लामा २ वटा रेकर्डिङ स्टुडियो सञ्चालनमा आएका छन् ।
यस अघि दाङको तुलसीपुरमा एउटा रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको हो । लमहीमा संचालन भएको स्टुडियोबाट अडियो,भिडियो,कभर भिडियो,सिरिएल भिडियो लगायतको काम हुने संचालक शर्माले बताउनु भएको छ । स्टुडियो संचालक शर्मा आफै पनि भोजपुरी गायक हुनुहुन्छ । उहाँले करीब ८ वटा भोजपुरी गितमा आवाज दिइ सकेको बताउनु भएको छ । सानै देखि गित संगीतमा रुची भएका शर्माले आफ्नो शौक पुरा गर्नकै लागि यो क्षेत्रमा लागेको बताउनु भयो । आफु तराईबासी भएका कारण भोजपुरी गितमा झुकाब रहेको बताउदै शुरु शुरुमा गित रेकर्डिङ गर्न भारतको नयाँ दिल्ली,मुम्बई जस्ता शहरमा पुग्ने गर्दथे ।
कामको शिलसिलामा ४–५ वर्ष अघि दाङ आउनु भएको थियो । उहाँ काष्ठबाट बन्ने घरायसी सामग्री निर्माण गर्ने सिकर्मी पनि हुनुहुन्छ । ‘कामको शिलसिलामा दाङ आए, त्यसपछि प्रदेश राजधानी भएपछी केहि सम्भावना देखेर स्टुडियो खोल्ने मनसाय बनाएको हुँ शर्माले भन्नु भयो । उहाँको साथमा लामो समय भारतीय रेकर्डिङ स्टुडियोमा अनुभव संगालेका प्राविधिक छन् । सबै काम कम्प्युटर प्रविधिबाट गर्ने गरिन्छ बाँकी काम मुम्बईबाट गरेर सेवाग्राहीलाई सन्तुष्टी दिने प्रयत्न रहने उहाँको भनाई छ ।
