भानु जोशी मंगलबार, कार्तिक १८, २०७७

दाङ । घर ढल्नै अाँटेकाे थियाे । अघिल्लो काेठामा बाँस बस्न सक्ने अवस्था थिएन । तर, पनि असार, साउनकाे झरिमा पनि डरै डरले रात बिताउनु पर्थ्याे । समस्यामा पर्नु भएकी रिमा नेपालीकाे पानी चुहिने खरकाे छानाेमा उतिबेलै माननीय सांसद रेवतीरमण शर्माकाे पहलमा त्रिपाल टाँगियाे ।
भत्किन थालेकाे घरकाे भित्तामा टेकासाे लगाइयाे । अनि माननीय सांसद शर्माले घाेषणा गर्नुभयाे रिमा नेपालीलाई जनता अावास कार्यक्रमबाट पक्की घर बनाएर हस्तान्तरण गर्छाैं । मंगलबार त्याे दिन अायाे । जब रिमा नेपाली पक्की घरमा सर्नु भयाे । फूलमाला पहिर्याएर माननीय सांसद रेवतीरमण शर्माले रिमा नेपालीलाई पक्की घरकाे साँचाे हस्तान्तरण गर्नु भयाे ।`दु:खका दिन गए । अब सुख्खका दिन अाए´रिमाले खुसि हुदै भन्नुभयो,`अब पानी पर्दा छानाे चुहिने छैन । झरिमा पनि मिठाे निद्रा पर्ने भयाे ।´ जनता अावास कार्यक्रम मार्फत प्रदेश सरकारले पक्की घर निर्माण गर्न ३ लाख ३६ हजार रुपैयाँ नगद सहयाेग गरेकाे हाे । माननीय सांसद रेवतीरमण शर्माकाे निर्वाचन क्षेत्रमा मात्रै ८८ अाेटा घर निर्माण भएका छन । अहिले ती घर हस्तान्तरण गर्ने कार्यक्रम चलिरहेको छ । घर हस्तान्तरण कार्यक्रममा माननीय सांसद शर्माले गरिब, विपन्न दलित, मुस्लिम, पिछडा वर्ग, लाेपन्मुख जातिलाइ सरकारले जनता अावास मार्फत पक्की घर निर्माण गरेर हस्तान्तरण गर्नेगरेकाे जानकारी दिनुभयाे ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिमबाहादुर केसी, नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, लमही नगरपालिका सह-इञ्चार्ज नारायण डिसी छम्पाली, दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपाली,पत्रकारहरु भानु जाेशी,दशरथ घिमिरे,नेकपा नगर कमिटी सदस्य युवराज पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]