शिबराज पन्थी/सिधा-पत्र कर्मी शनिबार, मंसिर ३०, २०८०

दाङ । संघीयताको कार्यान्वयन संगै प्रदेश लाई बलियो बनाउन आवश्यक भएको लुम्बिनी प्रदेश सकारका सभामुख तुलाराम घर्तिले बताउनु भएको छ ।

कानून निर्माणको बिषय जटील भएको हुँदा स्थानीय तहसंग प्रदेश सरकार अभियानलाई अगाडी बढाउदै मूलकानून संग नबाझीने गरी स्थानीय तहमा कानून निर्माण आवश्यक रहेको लुम्बिनी प्रदेश सरकारका सभामुख घर्तिले बताउनु भएको हो । प्रदेश सरकारसंगको समन्वयमा देउखुरीको गढवा गाउपालिका र नेपाल कानून समाजले शुक्रवारदेखि संयुक्त रुपमा आरम्भ गरेको कानून निर्माणमा स्थानीय सरकारको प्रभाबकारी भूमिका बिषयक ३ दिने कार्यशालाको उद्घाटन गर्दै सभामुख घर्तिले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै सभामुख घर्तिले कानूनको अनभिज्ञता अक्षम्य नहुने भन्दै कानून सबैले जान्नुपर्ने बताउनु भयो । प्रदेश सरकार र स्थानीय सरकार एकले अर्काको अस्तित्व नस्विकार्ने सिष्टमलाई अन्त्य गर्न स्थानीय सरकारमा प्रदेश सरकार अभियान अगाडी बढाउन र तिनै तहका सरकारबिच समन्वय सहकार्य जरुरी भएको उहाँले भन्नुभयो । प्रदेश सरकारले ७० बढी कानून निर्माण गरिसकेको र हालै प्रदेश निजामती एैन–२०८० पारित गरेर कार्यान्वयनको दिशामा अगाडी बढेको सभामुख घर्तिले बताउनुभयो ।

त्यस्तै संघीयता कार्यान्वयन लाई बलियो बनाउन अबको अभियान प्रदेश स्वायत्त र शक्तिशाली बनाउन आबश्यक रहेको उहाँले बताउनु भयो । स्थानीय तहमा कानून निर्माण गर्ने बिषयमा सैदान्तिक ज्ञान हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारमा प्रदेश सरकार अभियान अन्तर्गत कानूनी सचेतनाको कार्यशाला उपयोगी रहने सभामुख घर्तिले औंल्याउनु भयो ।

स्थानीय तहलाई कानून निर्माण र कार्यसम्पादनमा सहजता ल्याई शुसासन कायम गर्न तथा परिमार्जित र शंसोधित कानूनको बारेमा समेत जानकारी गराउने उद्देश्यले नेपाल कानून समाजसंग सहकार्य गरी यो कार्यक्रमको आयोजना गरिएको पुर्व मन्त्री तथा कानून सचिव माधव पौडेलले जानकारी दिनुभयो । स्थानीय सरकारले कतिपय कानूनहरु निर्माण गर्न नसक्दा कार्यसम्पादनमा जटिलता आएको र कतिपय अवस्थामा कानून मिचेर काम गर्नुपरेको बाध्यता गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्माले बताउनुभयो ।

स्थानीय तह कानून निर्माणको एक ईकाइ भएकोले न्याय सम्पादन देखि भौतिक तथमा सामाजिक बिकासको अभियानमा कार्यसम्पादन गर्न कानूनी बाधा अड्चन छिचोल्न र सहज ढंगबाट कार्यसम्पादन गर्न कानूनका बोरमा जानकार हुन अबश्यक रहेकोले यो कार्यशालाको आयोजना गरिएको प्रदेश सरकार न्याय परिषद् सदस्य पदम बैदिकले बताउनुभयो ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षतामा भएको कार्यशालामा प्रदेश सरकारका सभामुख सहित पूर्व मन्त्री चथा कानून सचिव माधव पौडेल,गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी,न्याय परिषद् सदस्य बैदिक, नेपाल कानून समाजका परियोजना निर्देशक मोहनलाल आचार्य,हिमानी पौडेल लगायतले बोल्नु भएको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नुभएको थियो । पुष १ गते सम्म संचालन गरिने उक्त कार्यक्रममा गढवा गाउँपालिकाका जनप्रतिनीधीहरु, बिषयगत शाखाका प्रमुखहरु तथा न्यायीक समितीका संयोजक तथा कर्मचारीहरु सहभागी रहने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]