
Djs
sbs
Gfs
pku
Pbu
Lnp
Sgr
Pes
Ggp
Srbpu
cjs
Unsku
Rgp1
Rgp

Rgu
Ksm
Sbs
Bbu
Ssm
Gst
nsb
Hal
Asm
Bbbpu
Rgu
Sls
Rgs
Rsb
Tsm
Vor
Pvg
Ggd
Wsp

Rmb
Ptm
Bml
Jmb
Rpp
Syp
sab
Mks
bbt
Pls
Gsb
Abd
Jmb
गएराति १०:२० बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका – १० झारबैरा चोकमा ठक्कर दिएको थियो।
दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका – ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका – ६ लुङका १८ बर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जानकारी दिए।
मृतक दुई किशोर मामा-भान्जा रहेको खुलेको एसपी केसीले जानकारी दिए। मोटरसाइकल जिसीले चलाएका थिए।
दुर्घटनापछि मोटरसाइकलमा सवार दुवैलाई गम्भीर घाइते अवस्थामा प्रहरीले अस्पताल पुर्याएको थियो। अस्पतालमा गएराति पौने ११ बजेतिर चिकित्सकले दुबैलाई मृत घोषणा गरेको एसपी केसीले जानकारी दिए।
टिप्पर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका – ९ का २६ वर्षीय इश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोटरसाइकल चालकको साथबाट सवारी चालक लाइसेन्स फेला नपरेको प्रहरीले बताएको छ।
