
Rgp
pku
cjs
Lnp
Pes
sbs
Srbpu
Unsku
Sgr
Pbu
Ggp
Rgp1
Gfs
Djs

Rgu
Hal
Ggd
Sbs
Wsp
Asm
Gst
Pvg
nsb
Rsb
Vor
Rgs
Ksm
Tsm
Bbbpu
Sls
Bbu
Rgu
Ssm

Mks
bbt
Syp
Gsb
Ptm
Jmb
Jmb
Bml
Abd
Rmb
sab
Rpp
Pls
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औं स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरि मनाउने भएको छ ।
महासंघको आइतबार बसेको बैठकले स्थापना दिवसको अवसरमा पुस १ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । दिवसको अवसरमा पुस १ गते रक्तदान,२ गते खेलकुद, ३ गते ज्येष्ठ पत्रकारहरुसँ‘ग भेटघाट एवं अनुभव आदानप्रदान कार्यक्रम र ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
त्यस्तै कार्यक्रम व्यवस्थापनका लागि सचिव आरके शीतल संयोजक, सहसचिवहरु दशरथ घिमिरे र दिप्तीशीखा चौधरी सदस्य रहेको कार्यक्रम व्यवस्थापन समिति, उदय विसी संयोजक, जीवन नेपाली र गिरिराज नेपाली सदस्य रहेको मञ्च व्यवस्थापन समिति, दिप्तीशीखा चौधरी संयोजक अञ्जना चौधरी, यमकला भुसाल र उमा भण्डारी सदस्य रहेको फूलमाला व्यवस्थापन तथा अतिथि सत्कार समिति गठन गरिएको छ ।
यस्तै रक्तदान कार्यक्रम संयोजनका लागि कार्य समिति सदस्य गिरिराज नेपाली र खेलकुद कार्यक्रमको संयोजनका लागि सदस्य कुलदीप न्यौपानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ दाङको कार्यसमिति बैठकमा सर्वाधिक उपस्थित हुने एक जना सदस्यलाई सम्मान गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले महासंघ केन्द्रीय समितिसँगको सहकार्यमा पुस ५ र ६ गते फ्रि मिडिया नेटवर्कको बैठक र भ्रामक समाचारको दुरुपयोग नियन्त्रण सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने, दाङको समग्र विकासका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा गठन भएको ‘दाङ–देउखुरी विकास सरोकार मञ्च’मा नेपाल पत्रकार महासंघ दाङको तर्फबाट निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनलाई प्रतिनिधि पठाउने निर्णय भएको सचिव आरके शीतलले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले दुर्घटनामा परी घाइते हुनुभएका नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य प्रेमबहादुर राम्जालाई उपचारका लागि पत्रकार राहत कोषबाट १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
