Sidha Patra बिहिबार, मंसिर २१, २०८०

दाङ । राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बुधबार ५ नम्बर वडाको जंग्रहवामा लैङ्गिक हिंसा विरुद्ध सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्टको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि यादवले लैङ्गिक हिंसा महिलालाई मात्र नभएर पुरुषलाई पनि हिंसा हुने भएको हुँदा महिला,पुरुष एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै समाजमा अहिलेपनि छोरालाई बोर्डिङ स्कुल र छोरीलाई सरकारी स्कुलमा पढाउनुपनि एक हिंसा नै भएको बताउनु भयो । यस्तै घरेलु हिंसा लगायत अन्य विभिन्न क्षेत्रबाट हिंसा गर्ने जो कोहीलाई पनि छुट नभएको र जनता होस चाहे नेता सबैलाई बराबर कानुन लाग्ने बताउनु भयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा आफुले पालिका भित्रको प्रत्येक वडाको अन्तरक्रिया कार्यक्रममा जादै गर्दा महिला दिदीबहिनी र पुरुष दाजुभाइहरु २ सय भन्दा बढी सहभागी भएको पाएको बताउनु भयो ।

यसैगरी उहाँले यो अभियानको कार्यक्रमलाई मंसिर महिनाको २४ गते गाउँपालिकाको प्राङ्गणमा भव्यताका साथ कार्यक्रम संचालिन गरेर सम्पन्न गर्ने बताउनु भयो । उक्त कार्यक्रममा पालिका भित्रका दिदीबहिनी र दाजुभाइलाई सहभागी भएर कार्यक्रम सफल बनाउन आग्रह समेत गर्नु भएको छ ।

त्यस्तै वडा अध्यक्ष विष्टले श्रीमानले,श्रीमतीलाई वा छोराछोरी,आफन्त र छरछिमेकमा गर्ने व्यवहारमा सुधारपन ल्याउनु पर्ने बताउनु भएको छ । यस्तै अध्यक्ष विष्टले आगामी दिनमा वडा पालिकाको तर्फबाट १६ दिने अभियानमा मात्र नभएर निरन्तर यस्ता कार्यक्रम गरिरहने बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रमको प्रशिक्षकमा महिला तथा बालबालिका राजपुर गाउँपालिका शाखाका प्रमुख सुनिता चौधरी र चंगवा प्रहरी चौकीका प्रहरी हवल्दार निमुलाल चौधरी रहनु भएको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाका सहायक प्रमुख दुर्गा यादवले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]