प्रिया स्मृति गजमेर/लमही बुधबार, मंसिर २०, २०८०

दाङ । देउखुरीको लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले राज्यले गरेको लगानी उपलब्धिमूलक हुनु जरुरी रहेको बताउनु भयो । राज्यले गरेका हरेक कार्यक्रमबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने खालको बाताबरण हुनुपर्ने बताउनु भयो ।

शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालय संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख योगीले वैदेशिक रोजगारबाट फर्किएर नेपालमै केही पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरुको सवालमा उनिहरुले गरेका काम र सीपलाई राज्यले प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।

कृषि उत्पादनलाई जोड दिनु पर्छ, कृषकका उत्पादनलाई यान्त्रिककरण गराउन तर्फ राज्यले ध्यान दिनु पर्छ, जतिपनी वैदेशिक रोजगार गुमाएर वा लामो समय बसेर नेपाल फर्किएका मानिसहरुलाई अब नेपालमै बसेर आफ्नै पेशा व्यवसाय गर्ने तर्फ प्रोत्साहित गर्नु पर्छ”- योगीले भन्नू भयो । सो क्रममा बैंकको चर्को ब्याजले नागरिकले निकै सास्ती खेप्नु परेको बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]