दाङ । प्रहरी चौकी सतबरियाले युवाहरुसंग लैङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया गरेको छ ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्थित प्रहरी चौकी सतबरियाका प्रहरी हवल्दार नरबहादुर चौधरीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बारेमा उपस्थित युवाहरुलाई जानकारी दिनु भएको हो ।
यस अघिका दिनहरुमा वडा भित्रका विभिन्न विद्यालय र टोल बस्तीहरुमा पुगेर अन्तरक्रिया कार्यक्रमहरु गरिरहेको प्रहरी चौकी सतबरियाका प्रमुख गिरबहादुर थापाले जानकारी दिनु भयो ।