
pku
Sgr
Srbpu
Unsku
Lnp
Pbu
Rgp1
Ggp
Rgp

Pvg
Hal
Asm
Ggd
Rsb
nsb
Rgs
Wsp
Gst
Ksm
Rgu
Bbu
Bbbpu
Ssm
Sbs
Tsm
Sls
Vor
Rgu

sab
Syp
Jmb
bbt
Gsb
Bml
Abd
Ptm
Jmb
Pls
Rmb
Rpp
Mks
दाङ । लायन्स क्लब अफ गढवाले गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका १५ जना जेष्ठ अपांग नागरिकहरुलाई एक कार्यक्रममा बीच सम्मान गरेकाे छ ।
लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त र संघिय माननीय सांसद मेटमणी चाैधरीकाे प्रमुख आथ्यिता तथा लायन्स क्लब डिस्ट्रिक 325 N का Aria Chief डा. भिमसेन गिरीकाे बिशिस्ट आथित्यतामा सम्पन्न कार्यक्रममा अन्तरास्ट्रिय अपांग दिवसकाे अवसर पारी सम्मान गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले जेष्ठ नागरिक देशकाे अभिभावक रहेकाे उल्लेख गर्दै अपांग दिवसकाे अवसरमा जेष्ठ अपांगलाई सम्मान गर्ने अवसर प्राप्त भएकाे लायन्स क्लब अफ गढवालाई धन्यवाद समेत ब्यक्त गर्नु भयाे ।
समाजमा सामाजिक कार्य गर्दै लायन्स क्लबकाे महत्व समेत बुझाउनु पर्ने कुरामा जाेड दिनु भयाे ।
कार्यक्रममा Rignol Chief रेशम बहादुर खड्का, गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिम बहादुर बुढा,लायन्स कल्ब अफ लमहिका अध्यक्ष सहना श्रेष्ठ, लायन्स क्लब अफ देउखुरीका सचिब सुदन खनाल लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
त्यस्तै क्लबका प्रथम उपाध्यक्ष बिष्णुमाया बसेलकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रममा झण्डा अभिवादन लायन्स दुखहरण यादब र कार्यक्रमकाे सहजिकरण सचिव ओम प्रकाश बसेलले गर्नु भएकाे थियाे ।

