तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, मंसिर १८, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका क्षेत्र भित्र रहेका २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ।

गाउँपालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भई किसानहरुकाे पशुचाैपायलाई समेत क्षति पुर्‍याउन थालेपछि गाउँपालिकाले शिविर नै सञ्चालन गरेर कुकुरहरुकाे बन्ध्याकरण गरेकाे गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जिवराज पाैडेलले जानकारी दिनुभयो।

शिविरमा १ सय ७९ वटा भाले र १ सय २० वडा पाेथी कुकुर गरि कुल २ सय ९९ वटा कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगकाे सहकार्य एवम् हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)को प्राविधिक सहयोगमा बन्ध्याकरण तथा रेविज खाेप शिविर सञ्चालन गरेको थियो । शिविरमा कुकुरहरुकाे हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)का डाक्टर साेनिया गुरुङ , हिमासु पाेख्रेल लगायतका डाक्टर तथा पशु प्राविधिकहरुले बन्ध्याकरण गर्नु भएको थियो ।

घरमा पालेको कुकुरहरुलाई बेलाबेलामा रेविज विरुद्धको भ्याक्सिन लगाउने गरे तापनि सामुदायिक (छाडा) कुकुरहरूकाे उपचार र भ्याक्सिनेसन गर्ने काम राज्यको भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँले पशुपंक्षीहरु मध्ये कुकुर मानिसको सबै भन्दा नजिककाे साथी भएकाे र घर लगायत अन्य काममा समेत सुरक्षा प्रदान गर्ने भएकाले कुकुरहरुकाे पालिकाले उन्मुलन नभई व्यवस्थित गर्न लागेको बताउनुभयो ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले यस प्रकारको शिविर एक पटक मात्रै गरेर नहुने भन्दै पटकपटक आयोजना गर्न आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्नका लागि बन्ध्याकरण तथा रेविज खाेप शिविरले ठुलो सहयोग पुग्ने बताउनुभयो ।

शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण र उपचार गरिएको थियोे। बनध्याकरण गरिएका कुकुरहरुलाई बन्ध्याकरण गरी नियन्त्रणमा लिएकै स्थानमा लगेर छोडिएकाे छ ।

शिविर मंसिर ११ गते देखि १७ गते सम्म पालिकाकाे वडा नं.४ काे गाेपीनाला स्थित पशु उपचार केन्द्रमा सञ्चालन गरिएको थियो । शिविरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका डाक्टर प्रतिमा विष्ट,हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)का प्रमुख खगेश्वर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]