Sidha Patra शनिबार, मंसिर १६, २०८०

रुपन्देही । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन शनिबारदेखि सुरु भएको छ । उक्त सम्मेलनको उद्घाटन पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले गरेका हुन् ।

रुपन्देही जिल्लाको बुटवलमा आजदेखि सुरु भएको काङ्ग्रेसको प्रथम प्रदेश सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गौतमबद्ध जन्मेको भूमिबाट सुरु भएको काङ्ग्रेस अब बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा निकै छोटो बोलेका देउवाले भने,‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेका थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । ‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’ उनले भने । धेरै नेताहरुले भाषण गरेको र देउवा साढे ५ बजे काठमाडौँ फर्कने तालिका रहेकाले कार्यक्रम सञ्चालकले नेताहरुलाई पटक-पटक छोटो बोल्न आग्रह गरेका थिए ।त्यस्तै पार्टी सभापति देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मारेका थिए। देउवा हिँडेपछि अरु नेताले आफ्नो धारणा कार्यक्रममा जारी राखेका थिए ।

सम्मेलन कार्यक्रममा लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगरले प्रदेशका १२ वटा जिल्ला मध्य १० जिल्लामा जिल्ला स्तरीय सम्मेलन सम्पन्न भएको र पाल्पा र बर्दिया जिल्लामा अब केही दिन भित्रमा सम्मेलन हुने बताए । आज सुरु भएको उक्त सम्मेलन भोलि १७ गतेसम्म चल्ने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]