
Unsku
Lnp
Sgr
Pbu
pku
Rgp1
Rgp
Srbpu
Ggp

nsb
Vor
Asm
Pvg
Gst
Sbs
Wsp
Ksm
Ggd
Rgs
Sls
Ssm
Bbbpu
Rgu
Rsb
Bbu
Tsm
Rgu
Hal

sab
Ptm
Pls
Rmb
Rpp
Abd
bbt
Gsb
Jmb
Syp
Jmb
Mks
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ र २ अन्तर्गत कठबेरुवा मटेरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ऋषिराम घिमिरेको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्य र खानेपानी डिभिजन कार्यालय घोराहीका इन्जिनियर नुतन आचार्यको बिशिस्ट आतिथ्यमा संस्थाको भवन प्राङ्गणमा सम्पन्न भएको हो ।
समितिका सदस्य शान्ता सारु मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष ऋषिराम घिमिरेले संस्थाको गतिविधिको बारेमा बोल्दै आफुले भोगेका कष्टकर क्षणहरु समेत प्रस्तुत गरे भने सचिब सुर्य प्रसाद चौधरीले सचिबको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले स्वच्छ पानी पिउनको लागि जनता जागे आफुले सहयोग गर्न तयार रहेको भन्दै आफुले वडाबाट भत्ता बितरण गरेको बताउदै राज्यको सम्पती संरक्षण गर्नुको सट्टा बिगार्नमा समाज लागेको भन्दै दु:ख समेत प्रकट गरे ।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथी नुतन आचार्य,अतिथिहरु मीन बहादुर चौधरी,टोपेन्द्र खनाल,राजपुर २ का वडा अध्यक्ष ओमप्रकाश यादव,१ नम्बरका वडा अध्यक्ष सुर्य प्रसाद चौधरी लगायतले समेत शुभकामनाका साथ मन्तब्य दिएका थिए ।
ऋषिराम घिमिरेकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिती चयन :
यसैबिच सभाबाट ऋषिराम घिमिरेकै अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा धन कुमारी खड्का, कोषाध्यक्षमा शान्ता सारु मगर,सचिबमा शान्त अधिकारी,सह-सचिबमा लक्ष्मी चौधरी,सदस्यमा अमर चौधरी,नन्दलाल महरा, नर बहादुर बुढा र मनिराम खनाललाई चयन गरिएको छ । त्यस्तै उक्त दोस्रो साधारण सभा कार्यक्रमको संचालन शान्त अधिकारीले गरेका थिए ।

