दाङ । दंगीशरण गाउँपालिकाबाट ३५ जना बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पालिकाको वडा नम्बर ७ स्थित रजपलमा आयाेजित कार्यक्रमबाट ३५ जना बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
एमाले र काँग्रेस सहित विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की मगरले स्वागत गरेका हुन् । नव प्रवेशीहरुले पश्चिम दाङमा मास्कीले अहिले ल्याएकाे विकासले नै आफूहरु प्रभावित भएकाे बताएका छन् । पश्चिम दाङमा विकास गर्ने अन्य नेताकाे विकल्प नभएकाे भन्दै नव प्रवेशी सबै जनाले मास्कीलाई सहयाेग गर्ने बताएका थिए ।
त्यस्तै सो अवसरमा मन्त्री मास्कीले पश्चिम दाङ अब बिकट र कर्णाली नरहने भन्दै यसमा सहयाेग सबैमा अनुराेध समेत गरे । उनले पश्चिम दाङकाे विकासकालागि जनताकाे साथ चाहिने बताए । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत आयाेजित कार्यक्रममा नवप्रवेशिलाई स्वागत गरिएकाे थियो ।