
Gsbg-3
Jsbr-3
ksbl-7
Rksr-7
Jsbg-7
Gsbr-6
Csbg-7
Pbu
Msbg-2
Usbl-7


रुकुमपश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ अरबारे स्यानोबारी टोलमा शनिबार बिहानैदेखि अस्थायी आवास निर्माण कार्यमा सक्रिय भएका छन् ।
गत कार्तिक १७ गतेको भूकम्पले धेरैजसो घरमा क्षति पुर्याएको थियो । शर्माको कमान्डमा एउटा समूहले बिहानैदेखि आवास निर्माण कार्यलाई सुरु गरेको हो । उक्त स्थानमा एकै साथ तीन वटा अस्थायी आवास निर्माण भइरहेका छन् । शर्माको कमान्डमा जिल्लाभर तीन हजार भन्दा बढी स्वयंसेवक खटाइएको छ ।
त्यस्तै उनीहरुले धमाधम अस्थायी आवास निर्माणको काम गरिरहेका छन्। मङसिरभित्र नै अस्थायी आवास निर्माण गरेर त्रिपालमा रहेका नागरिकलाई अस्थायी आवासमा सारिसक्ने लक्ष्यका साथ काम भइरहेको उपमहासचिव शर्माले बताए। साभार रातोपटी
