
Pbu
Sgr
pku
Srbpu
Rgp
Rgp1
Lnp
Unsku
Ggp

Rgu
Rgu
Bbu
Vor
Ggd
Sbs
Rsb
Ssm
Rgs
Sls
Asm
Bbbpu
Hal
nsb
Wsp
Tsm
Pvg
Ksm
Gst

Syp
Rmb
Jmb
Pls
Rpp
Mks
Bml
Jmb
Ptm
Gsb
Abd
bbt
sab
कपिलवस्तु । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको नेपाल–भारत सिमा (दशगजा) क्षेत्र कृष्णनगरबाट सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरिएको जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले शुक्रबार कृष्णनगर नगरपालिका–२ भन्सारको लिङ्कगेट स्थित दशगजामा ५६७/१ नम्बरको सिमा स्तम्भमा मर्मत र रंगरोगन गरि शुभारम्भ गरेका हुन् ।
यसैगरी सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले लुम्बिनी प्रदेशमा सिमासँग जोडिएका ५ सय ६ सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य गरिने जनाए । उनले सशस्त्र प्रहरीले बिजोर सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन गर्ने सम्पूर्ण जिम्मेवारी पाएको बताउँदै त्यही अनुसार सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य सम्बन्धित जिल्लाका सशस्त्र प्रहरीले नै गर्ने बताए । मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भ समकक्षी भारतीय सशस्त्र सीमा बल र बिजोर नम्बरको सीमा स्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने खत्रीको भनाई छ । सिमा स्तम्भहरुको कार्य भइरहँदा स्थानीयको सहयोग र सद्भावको आवश्यक परेको समयमा सबैले उपस्थिति जनाउन उनले आग्रहसमेत गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले कपिलवस्तुसँग जोडिएको नेपाल–भारत सीमामा कुल ५ सय ३१ सीमा स्तम्भ रहेको बताए । उनले जसमध्ये कपिलवस्तु जिल्लामा २ सय ७७ ओटा सिमा स्तम्भहरुको मर्मत सम्भार तथा रंगरोगन कार्य सुरु गरिएको जनाए । सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मतसम्भार र रंगरोगन कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने केसीको भनाई छ ।
त्यस्तै कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सशस्त्र प्रहरीले सिमा स्तम्भहरुकाे मर्मत कार्य गरिरहँदा आफुले सक्दाे सहयोग गर्ने बताए । उनले सशस्त्र प्रहरीसँगै हातेमालो गर्दै नगरपालिकाले अगाडी बढ्ने कुरामा जाेड दिएका छन् ।
