
Srbpu
Pbu
Rgp
Rgp1
Ggp
pku
Unsku
Sgr
Lnp

Asm
Vor
nsb
Ssm
Ggd
Rsb
Rgu
Pvg
Rgs
Ksm
Bbu
Sbs
Hal
Gst
Rgu
Sls
Bbbpu
Wsp
Tsm

Bml
Pls
Mks
Abd
Rpp
Jmb
Rmb
Jmb
Ptm
Syp
sab
bbt
Gsb
दाङ । आफूहरुले बनाएका माटोका भाँडाहरु बिक्री नभएर गोदाममै थन्किएपछि लुम्बिनी प्रदेश सरकारका भूमी ब्यवस्था तथा कृषि मन्त्रीलाई बजारीकरणको ब्यवस्थापन गरिदिन गढवाका नागरिकले आग्रह गरेका छन् ।
शुक्रवार स्थानीय नागरीकहरुका समस्या सुन्न गढवाको खैराखालमा पुग्नुभएका प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल यादवसंग स्थानीयहरुले यस्तो गुनासो गरेका हुन् । गढवा–३ खैराखालका चुन्नुराम कुमालले आफूहरुले उत्पादन गरेका माटोका भाँडाहरु बिक्री नभएर गोदाममै थन्किएको गुनासो गर्नुभयो ।
माटो र दाउराको जोहो गरी एनकेन बनाएका भाँडाहरु स्थानीय स्तरमा बिक्दैनन् टाढा लैजाने साधन छैन । प्रदेश सरकारले भाँडाहरुको बजारीकरण गर्न बाहिर लैजाने साधनको ब्यवस्था गरिदिनु पर्यो–चुन्नुरामले भन्नुभयो । अहिले युवा जनशक्ति बिदेश जाने लहर फैलियो । हामी बिदेश जान नपरोस भन्ने चाहान्छौं । युवाशक्तिलाई पनि पुख्र्यौली पेशाप्रति जागरुक बनाउन सरकारको ध्यान जानु पर्यो–लखनऊ बिश्वबिद्यालयमा बिएससी एजी अध्ययनरत सोही गाउँका स्थानीय छविलाल थारु कुमालले भन्नुभयो ।
त्यस्तै हामी महिलाहरु धेरैले माटोका भाँडाहरु बनाउने गर्छौं । यो हाम्रो पुख्र्यौली पेशा हो । यसको संरक्षण र जगेर्ना गर्न नयाँ प्रबिधिको तालिम आवश्यक छ । आधुनिक भट्टी र बिद्युतिय मसिनरी औजारहरु तथा तालिमको जरुरी छ–स्थानीय राजकुमारी थारु कुमालले भन्नुभयो । माटोका भाँडाहरु उत्पादन गर्न दाउरा र माटो प्रयाप्त छैन । केहि समयपछि हामीले प्रयोग गर्दै आएको माटोको खानी रित्तिन्छ र दाउराहरु पनि नपाउने अवस्था हुन्छ, यसका लागि स्थानीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक छ–सोही गाउँकै महेन्द्र थारु कुमालले बताउनुभयो ।
शुक्रवार स्थानीयका समस्या सुन्न गढवा ३ को खैराखालमा पुग्नुभएका मन्त्री भण्डारीलाल यादवसंग स्थानीयहरुले आफूहरुले बनाएका माटोका भाँडाहरु बजारीकरणमा ध्यान दिन सुझाब राखेका छन् । कार्यक्रममा उपस्थित अधिकांश नागरिकहरुले प्रदेश सरकारलाई माटोका भाँडा टाढा लगेर बिक्रीवितरण गर्न पिकअप भ्यान अत्याबश्यक भएको माग गरेका हुन् ।
स्थानीयका माग सुन्दै मन्त्री यादवले हालै प्रलेश सरकारले कार्यबिधि बनाएर पास गरिसकेको र अब तत्काल किसानहरुकालागि कार्यक्रमहरु गर्न प्रस्तावना माग गर्ने तयारी भैरहेको बताउनुभयो । समूह बनाएर प्रस्ताब लिएर आउनुस हामी किसानका माग संबोधन गर्ने छौं–मन्त्री यादवले भन्नुभयो । माटोका भाँडाहरु मानव स्वास्थ्यकालागि पनि लाभदायक हुने भन्दै मन्त्री यादवले भाँडाहरुको उत्पादन र बजारीकरणकालागि प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।
त्यसैगरी बिसानहरुकालागि कृषि ज्ञानकेन्द्र,भेटेनरी र मुख्यमन्त्री आर्थीक बिकास कार्यक्रम मार्फत सुचनाहरु खोल्न थालीएको भन्दै योजना माग्न किसानहरु कार्यालयमा धाउनुपर्ने बताउनुभयो । जनताहरुले नेतालाई भोट मात्र हाल्ने होइन,योजना माग्ने र खर्बदारी गर्ने काम पनि गर्नुपर्छ उहाँले भन्नु भयो । लोकतन्त्र आएपछि देशमा धेरै बिकास भएको र अहिले लोकतन्त्रका बिरुद्ध सडकमा भैरहेका गतिविधी प्रति पनि जनता र आम किसानहरुले खबरदारी गर्नुपर्ने उहाँको धारणा थियो ।
फियान नेपालको प्राबिधिक सपोर्टमा सञ्चालीत खैरा खाद्य अधिकार समूहले माटोका भाँडाहरु उत्पादन र प्रबर्धनलाई पटक पटक सरकारका निकायहरुको ध्यानाकर्षण गराउँदै आफ्ना अधिकारहरुलाई अगाडी बढाएको फियान लुम्बिनीका संयोजक शुरेस गौतमले कार्यक्रममा जानकारी दिनुभयो । कूल ५५ घरधुरीको बसोवास रहेको खैराखाल थारुकुमाल बस्तिका ३३ घरधुरीले माटोका भाँडाहरु बनाउने पेशालाई अंगाल्दै आएको स्थानीय अगुवा दामु थारु कुमालले बताउनुभयो । यसअघि सहकर्मी समाज,दक्षिण देउखुरी अधिकार मञ्च र स्थानीय सरकारले पनि माटोका भाँडा पोल्ने आधुनिक भट्टी निर्माणमा सहयोग गरेपछि आफ्नो पुख्र्यौली पेशाप्रती स्थानीयको ध्यान गएको उहाँले बताउनुभयो ।
त्यस्तै वडा कार्यालयको सिफारीसमा गतबर्ष पर्यटन बिकास डिभिजन कार्यालय बाँकेले ६४ लाख ९२ हजार लगानी गरेपछि भाँडा राख्ने गोदाम घर,सो रुम,भाँडा पोल्ने भट्टीघर, १५ थान भाँडा बनाउने बिद्युतिय मसिन र २ थान माटो पेल्ने मसिन उपलब्ध गराएको छ । अब हामीलाई उत्पादन गरेका भाँडाहरु बिक्री गर्न पिकअप भ्यान र मसिनहरु चलाउन प्राबिधिक तालिम अबश्यक छ–कार्यक्रममा उपस्थित स्थानीयहरुले कृषिमन्त्री यादवसंग माग गरे । खैरा खाद्य अधिकार समूहका अध्यक्ष दामु थारु कुमालको अध्यक्षता र मन्त्री यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फियान नेपालका लुम्बिनी प्रदेश संयोजक शुरेस गौतम, खाद्य अधिकार सञ्जाल गढवाका अध्यक्ष उमाकान्त पन्त,वडा नम्बर ३ का वडा अध्यक्ष तुल्सीराम अधिकारी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन खाद्य अधिकार समूहका सचिव चुन्नुराम थारु कुमालले गर्नुभएको थियो ।

