
Pbu
Sgr
Rgp1
pku
Lnp
Ggp
Srbpu
Unsku
Rgp

Wsp
Sbs
Pvg
Hal
Rgu
nsb
Sls
Rsb
Ksm
Ggd
Ssm
Rgu
Vor
Tsm
Gst
Asm
Bbbpu
Bbu
Rgs

Bml
Rpp
Abd
Rmb
Ptm
Pls
Jmb
Gsb
bbt
Jmb
Mks
sab
Syp
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-७, अर्नाहनपुरमा सञ्चालित परम्परागत रामघाट मेला पछिल्लो समय जुवाकाे अखडा बन्न थालेकाे छ ।
मेलामा करिब २५-३० वटा खाेरखाेरे, करिब ३/४ वटा तासपत्तीबाट समेत जुवाई खेलाई रहँदा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार तथा जनप्रतिनिधि भने मुख दर्शक बनेका छन् । मेलामा रात दिन खोरखोर, तास खेलिरहदा पनि प्रहरी र जनप्रतिनिधि चुप लागेर बसेको नाम नखुलाउने सर्तमा एक स्थानीयले बताएका छन् । ती स्थानीयका अनुसार प्रहरी र जनप्रतिनिधिको मिलोमतोमा जुवा खेलाई रहेको बताएका छन् ।
मेलामा प्रहरीकाे समेत खासै उपस्थिति देखिदैन । जसले गर्दा मेलामा मनलाग्दी जुवा व्यवसाय फस्टाएकाे देखिन्छ । मेलामा अन्य थुप्रै खेलाैना, बाल उद्यान भएता पनि जुवा खेल्ने ठाउँमा भिडभाड नै देखिएको छ।
