
pku
Pbu
Sgr
Rgp1
Lnp
Rgp
Srbpu
Unsku
Ggp

Rgu
Rsb
Tsm
Ggd
Sls
Ksm
Rgs
Bbbpu
Wsp
nsb
Vor
Hal
Rgu
Gst
Ssm
Asm
Pvg
Bbu
Sbs

Pls
Jmb
Jmb
sab
Syp
Mks
Ptm
Rpp
bbt
Gsb
Abd
Bml
Rmb
बर्दिया । मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसंग ३० हजार रुपैयाँ घुस मागेको आरोपमा नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी मंगलबार कार्यालयबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक पवन साउद रहेका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ६ स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए ।
सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज स्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसंग लिएको ३० हजार रुपैयाँ घुस सहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो ।
त्यस्तै उनलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिनु भयो ।
