
Lnp
Unsku
Srbpu
Rgp
Rgp1
Pbu
pku
Ggp
Sgr

Sbs
Rgu
Ggd
Bbbpu
Tsm
nsb
Pvg
Bbu
Wsp
Ksm
Rsb
Asm
Hal
Rgs
Gst
Ssm
Rgu
Vor
Sls

Gsb
Jmb
Rpp
Bml
Pls
sab
Rmb
Abd
Mks
bbt
Ptm
Jmb
Syp
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले समग्र जिल्लाको विकासका बारेमा छलफल चलाउने भएको छ ।
संघको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाको बिकास संग सरोकार राख्ने बहु आयामिक परियोजना औद्योगिक क्षेत्र, भालुबाङ देखि तुलसीपुर सम्म को सडक बिस्तारको काम र दाङमा एरपोर्टको बिषयमा साझा एजेण्डा बनाउन यहि मंसिर २० गते सर्बदलिय सर्बपक्षिय भेला गर्ने निर्णय गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।
त्यस्तै भेला संघको हलमा आयोजना गरिने भएको छ । भेलामा जिल्ला भरिका स्थानीयपालिका, उद्योग वाणिज्य संघ,पत्रकार महासंघ,जिल्लामा क्रियासील सम्पुर्ण राजनितिक दल,नागरिक समाज तथा सरोकार वाला संघ संस्थाहरुको सहभागितामा छलफल आयोजना गर्ने भएको छ । बैठमा नेपाल उद्योग बाणिज्य महासंघको निमन्त्रणामा सहभागी हुन काठ्माण्डौ गएको बेला विभिन्न उद्योग बाणिज्यसंघहरु र महासंघ सँग भएका विभिन्न अन्र्तक्रियात्मक छलफलको पनि समीक्षा गरि ती उधोग बाणिज्य संघहरु र महासंघलाइ धन्यबाद ज्ञापन पनि गरेको छ । बैठक संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा भएको थियो ।
