अमरराज आचार्य/घोराही मंगलबार, मंसिर १२, २०८०

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले समग्र जिल्लाको विकासका बारेमा छलफल चलाउने भएको छ ।

संघको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाको बिकास संग सरोकार राख्ने बहु आयामिक परियोजना औद्योगिक क्षेत्र, भालुबाङ देखि तुलसीपुर सम्म को सडक बिस्तारको काम र दाङमा एरपोर्टको बिषयमा साझा एजेण्डा बनाउन यहि मंसिर २० गते सर्बदलिय सर्बपक्षिय भेला गर्ने निर्णय गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।

त्यस्तै भेला संघको हलमा आयोजना गरिने भएको छ । भेलामा जिल्ला भरिका स्थानीयपालिका, उद्योग वाणिज्य संघ,पत्रकार महासंघ,जिल्लामा क्रियासील सम्पुर्ण राजनितिक दल,नागरिक समाज तथा सरोकार वाला संघ संस्थाहरुको सहभागितामा छलफल आयोजना गर्ने भएको छ । बैठमा नेपाल उद्योग बाणिज्य महासंघको निमन्त्रणामा सहभागी हुन काठ्माण्डौ गएको बेला विभिन्न उद्योग बाणिज्यसंघहरु र महासंघ सँग भएका विभिन्न अन्र्तक्रियात्मक छलफलको पनि समीक्षा गरि ती उधोग बाणिज्य संघहरु र महासंघलाइ धन्यबाद ज्ञापन पनि गरेको छ । बैठक संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]