ओमप्रकाश गुप्ता मंगलबार, मंसिर १२, २०८०

दाङ । शिव पृथ्वीनारायण चार धाम लमही नगरपालिका ८ सतवरिया ( बिच्कागाउँ)मा त्रिशूल र घण्टा स्थापना गरिएको छ ।

शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका-५ पहरूवा पछिको दोस्रो धामको रूपमा स्थापित शिव पृथ्वीनारायण चारधाममा ४३ फिट अग्लो, ५.५ इन्च मोटाई रहेको त्रिशुल र साढे २१ किलोको घण्टा स्थापना गरिएको हो ।

स्व. गुल्पी चाैधरीको स्मृतिमा सो त्रिशूल तथा घण्टा स्थापना गरिएको हो । कुल १ लाख ७५ हजारको लगानीमा त्रिशूल र घण्टा स्थापना गरिएको हो । जसमा १ लाख ५० हजारको लगानीमा त्रिशूल र २५ हजार रूपैयाँको लगानीमा घण्टा खरिद गरि स्थापना गरिएको धामका प्रमुख कालिराम चाैधरी (कालिबाबा) ले जानकारी दिएका छन् ।

त्रिशूल तथा घण्टाको स्थापना शिवसवरी धाम धार्मिक केन्द्रका प्रमुख संरक्षक गुरु शिवलक्ष्मी चाैधरीले गरेका थिए । त्रिशूल तथा घण्टा स्थापना गर्नु पुर्व चारधामबाट कलश यात्रा निकालिएको थियोे ।

कालिराम चाैधरी (कालिबाबा), श्रीमती जल्साची चाैधरी (शिव पार्वती),छोरा/ बुहारीहरू फिर्तुलाल चाैधरी/ भिमा चाैधरी,विकास चाैधरी/ खुसरामी चाैधरी नातिनीहरू अनुजा,आरोही,नाती आसिम चाैधरीको परिवारले धाममा त्रिशल तथा घण्टा स्थापना गरेका हुन् ।

त्रिशूल तथा घण्टा स्थापना कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का, शिवसवरी धाम धार्मिक केन्द्रका प्रमुख संरक्षक गुरु शिवलक्ष्मी चाैधरी, संस्थापक अध्यक्ष मिश्रुलाल चाैधरी, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सन्तोषकुमार गुप्ता, कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, सिधापत्र अनलाइन टेलिभिजनका सञ्चालक तथा प्रबन्ध निर्देशक मेगमन बुढा, निर्देशक भानु जोशी लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]