
Nsb
Usb
Bsn
jsb
Ssb
Rsb
Gsb
Ppu
Ksb
Fmb
Ksb
Rks
Ksb
Tgp
Csb
Ssb

Hl1
Gsb
Ssb
Usb
Tsb

Rgu
ptl
Nps
दाङ । लोपन्मुख जाती कुसुन्डाको भाषा, कला, संस्कृती लोप हुने अवस्थामा पुगेको छ । नेपालमा हाल एक सय ६५ जना मात्रै कुसुन्डा जातीका व्यक्तिको बसोवास रहेको छ । मानिसको संख्या घट्दै जाँदा भाषा,कला,संस्कृती समेत लोप हुने अवस्थामा पुगेको हो । सरकारले लोपन्मुख जातीको भाषा, कला, संस्कृती संरक्षण गर्न ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
दाङ सहित नेपालका केही जिल्लामा अझैं पनि कुसुन्डा जातीको बसोवास छ । तर, यो जातीले बोल्ने भाषा, अंगालेको कला, संस्कृती भने लोप हुने अवस्थामा पुगेको छ । भाषा संरक्षणको लागी सरकारी स्तरबाट केही प्रयासहरु भएपनि समुदाय विकासको लागी भने खासै काम हुन सकेको छैन् । जंगलमा कन्धमुल खाएर हुर्केका कुसुन्डा जाती समाजमा बस्न थालेपछी उनिहरुले बोल्ने भाषा, अंगालेको कला संस्कृती समेत हराउन थालेको छ । अहिले नेपालमा कुसुन्डा जातीका १६५ जना मात्रै रहेका छन् । जस मध्य एक जना मात्रै पूर्ण वक्ता रहेको तथ्यांक छ ।‘हामीहरु छरिएर रहेका छौं । एकै ठाउँमा बसोवास भयो भने भाषा, कला संस्कृती जोगिन्थ्यो’कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले भने,‘एकिकृत बस्ती चाहिएको छ ।’ विद्यार्थी हुमा कुसुन्डाले आफुहरुले घरका अन्य सदस्यलाई भाषा सिकाउनुपर्ने अवस्था रहेको बताइन् । अन्तरजातीय विवाहका कारण कुसुन्डा भाषा लोप हुन थालेको भनाई उनको छ ।‘भाषा जोगाउन जरुरी छ’उनले भनिन्,‘म आफै सुन्यबाट अहिले यो भाषा बोल्न, लेख्न सक्ने अवस्थामा पुगेको छु ।’
कुसुन्डा जातीको भाषा संरक्षण गर्न भाषा कक्षा समेत सञ्चालन गरिएको थियो । चार बर्षको अवधीमा २० जना विद्यार्थीलाई कुसुन्डा भाषा बोल्न, लेख्न र पढ्न सक्ने बनाइएको छ । दोहोरो कुरा गर्ने व्यक्ति नहुदा कुसुन्डा जातीले बोल्ने भाषा हराउदै जान थालेको छ ।
एक दशक देखी कुसुन्डा जातीको अध्ययन अनुसन्धानमा समय विताएका उदयराज आलेले कुसुन्डा जातीमा आधारित बृत्त चित्र समेत निर्माण गरेका छन् ।‘कुसुन्डा जातीको बारेमा अध्ययन गर्न दश बर्ष विताए । अझैं यसमा काम भइरहेको छ’उनले भने,‘सरकारले भाषा संरक्षण गर्न ध्यान दिनुपर्छ ।’लोपन्मुख भाषा, कला, संस्कृती संरक्षण गर्नेगरी संवैधानिक व्यवस्था गरिएको छ । त्यही आधारमा नेपाल सरकारले सबै लोपन्मुख जातीको भाषा, कला, संस्कृती संरक्षण गर्नेगरी कार्यक्रम बनाउने नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
देउखुरी उद्योग बाणिज्य संघले बृत्तचित्रको विमोचन कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा मन्त्री शर्माले समाजको मुल प्रवाहमा कुसुन्डा जातीलाई ल्याएर उनिहरुको भाषा, कला संस्कृती संरक्षण गरिने बताइन् ।‘समाजको मुल प्रवाहमा ल्याउदै उहाँहरुको भाषा, कला संस्कृती संरक्षण गर्न आवश्यक छ’उनले भनिन्,‘एकिकृत बस्ती सुन्दा राम्रो छ । तर, त्यसलाई कार्यान्वयन गर्न जटिल छ । यसमा के गर्न सकिन्छ छलफल गरौं ।’
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लोपमन्मुख जाती समुदायको संस्कार, संस्कृती संरक्षण गर्न स्थानीय सरकारले पनि ध्यान दिने बताए । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले समुदायको कला संस्कृती देशको राष्ट्रिय सम्पत्ति भएकाले यसलाई बचाउन जरुरी रहेको बताए । यस्तै देउखुरी साहित्य मञ्चका अध्यक्ष हरी पोख्रेलले कला संस्कृतीको संरक्षण जरुरी रहेको धारणा राखे । कुसुन्डा जातीको कला संस्कृती, भाषाहरु भने विस्तारै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न बिशेष कार्यक्रम बनाउन जरुरी छ ।
