
Pbu
Srbpu
pku
Unsku
Sgr
Rgp
Rgp1
Lnp
Ggp

Ksm
Tsm
Rgs
Bbbpu
Rsb
Sls
Rgu
Hal
Asm
Ssm
Wsp
Ggd
Bbu
nsb
Rgu
Pvg
Vor
Sbs
Gst

Jmb
Pls
Ptm
Jmb
Rpp
Abd
Mks
Gsb
sab
bbt
Syp
Rmb
Bml
दाङ । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा विहिवार गढवा ५ खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम सम्पन्न भएको छ।
त्यस्तै खज्रौटा उद्यमी महिला समूह खज्रौटाका रेबा यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको बिशिस्ट आतिथ्यमा तिन दिने हेफर आधारशिला तालिमको समापन भएको हो।
तीन दिने हेफर आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै प्रमख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सकरात्मक सोच र सहयोगी भावनाको सोचेले मात्र सकरात्मक परिवर्तन सम्भव हुने बताउनु भयो । अनुदानको कार्यक्रम सिमित व्यक्तिहरु सम्म मात्र पुग्ने भएकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ संग साझेदारी गरेर गढवा गाउँपालिकाले ७० प्रतिशत लगानी गरेर पालिकाको हरघर लाई समेट्ने गरी कार्यक्रम सञ्चालन गरेको बताउनु भयो।
त्यस्तै खज्रौटा उद्यमी महिला समूहले दुग्ध र अन्य क्षेत्रमा उत्कृष्ट कार्य गर्नेमा आफु आशावादी रहेको बताउदै कृषि र पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन यो तिन दिने हेफर आधारशिला तालिमले मुख्य भुमिका खेल्ने बताउनुभयो। अनुदान जति वितरण गरे पनि सोचे जस्तो प्रवाभकारी नभएको भन्दै सबै समुदाय र किसानलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गरेको बताउनु भयो।
परिवारजन मार्फत बाख्रा, गोठ सुधार, तरकारी खेतीमा बिशेष सहयोग गर्ने गरेको स्पष्ट पार्नुभयो साथै मधेसी समुदायले परम्परागत रुपमा भैसी पालन गर्दै आएकाले भैंसी पालक कृषकहरुलाई समेट्ने हिसावले खज्रौटामा समूह गठन र तालिमको सञ्चालन गरेको बताउनु भयो । भैंसी पालक किसानहरुलाई परियोजना मार्फत उन्नतजातको रागां,नस्ल सुधार कार्यक्रम,गोठ सुधार र दुग्धको राम्रो मुल्यमा बजारीकरणको लागि भिटा परियोजनाले सम्पुर्ण कार्य गर्ने बताउनु भयो। पालिकामा उत्पादन हुने दुध बजारभाउ भन्दा अझै राम्रो दररेटमा बिक्री वितरण गर्न पालिका स्तरीय सहकारी मार्फत ठुला बजार सम्म पुर्याउने बारे योजना अघि बढाएको बताउनुभयो। समूहले उत्पादनको साथै गाउं समाजमा सरसफाई साथै बिकाशमा पनि उत्तिकै सहकार्य गर्नु पर्ने बताउदै खज्रौटा उद्यमी महिला समूह नमुना समूह बन्न सफल होस् भनि शुभकामना समेत दिनु भयो ।
त्यसैगरी तिन दिने हेफर आधारशिला तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा गढवा गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष लेख बहादुर थापाले भिटा परियोजनाको कार्यक्रम लाई महिला दिदिबहिनीहरुले आफ्नो कार्यक्रम सोचेर मिहेनतका साथ उत्पादनमा लाग्नु पर्ने बताउनुभयो । आगामी दिनहरुमा भिटा परियोजनाले समूह लाई सुहाउने कार्यक्रम बारे छलफल गरेर त्यही अनुरूप कार्यक्रम ल्याउने बताउनुभयो ।
यस्तै आर्थिक समृद्धीका लागि साझेदारी कार्यक्रम भोकालाई एक छाक भोजन होईन, जिउने जुक्ति सिकाऔ भन्ने मुल नाराका प्रोजेक्ट सुरु गरिएको बताउदै वडाध्यक्ष थापाले गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको लागत साझेदारीमा सञ्चालन हुने कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना गढवा गाउँपालिकाको ठुलो र गौरवको परियोजना भएको बताउनुभयो।
त्यस्तै तालिममा २५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै आनन्दा यादव र कल्पना यादवले तालिम जिवनकै महत्वपूर्ण तालिम भएको बताउदै आगामी दिनमाहरुमा पनि जिवन बदल्ने यस्तै प्रकारको तालिमको आयोजना गर्न अनुरोध समेत गर्नु भयो।
उदघाटन कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा , ५ नम्बर वडा सदस्य पल्टुराम यादव, गढवा गाउँपालिका रोजगार सेवा शाखाका सत्यपाल यादव, प्रेस संयोजक आलोक भावुक,समाजसेवी राम प्रकाश यादव, सहजकर्ता आशा श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजनाका उध्दम विकास सहजकर्ता कल्पना चौधरीले गर्नु भएको थियो ।

